गृहपृष्ठ » समचार, स्वास्थ्यगल्कोटमा खानेपानिको हाहाकार

गल्कोटमा खानेपानिको हाहाकार

April 28, 2016१३४ पटक

उज्यालो लाल्टिन

१६ बैशाख । गलकोट क्षेत्रको एउटा गाउँका जनता खानेपानीको अभावमा महिनौदेखि कष्टकर जीवन जिउन बाध्य भएका छन् । वर्षाैदेखि खानेपानीको समस्या झेल्दै आएका जिल्लाको मल्म गाविसको वडा नं.९ झिर्कामा खानेपानी नआउँदा पूरै बस्ती काकाकुल बनेको छ ।
म्क्ऋल्टद्धडढ‘पानी नहँुदा समस्या त छदैछ समय पनि बर्वाद भएको छ’ मल्म–९ झिर्काका चन्द्रबहादुर खडकाले भने, ‘विहानै उठेर करिब एक घण्टा पाण्डवखानी गाविसको सीमानामा पर्ने सिर्मुरुख कुवामा ग्रागी बोकेर झर्नु बाध्यता छ ।’ खड्काका अनुसार, स्थानीयको अधिकांश समय पानी ओसार्ने काममा खर्च हुने गरेको छ । एक घण्टाको ओरालो झरेर लाइनमा बसेर जनतन पानी भर्न पालो पाए उकालो चढ्न २ घण्टा लाग्ने खड्काले बताए ।
पानी बोक्न पर्ने बाध्यताका कारण मल्मका बालबालिकाको पढाइ समेत प्रभावित हुने गरेको नेटा प्रावि झिर्काकी प्रधानाध्यापक शान्ति दर्जी बताउँछिन । मल्म गाविसकै दुर्गम झिर्का उच्च भूभागमा रहेकोले वर्षनी खानेपानीको समस्या झेल्न बाध्य भएको छ ।
झिर्का नजिकै रहेको पाण्डवखानीस्थ्ति सिद्धस्थानका बासिन्दाले धाराको पानी खाइरहँदा झिर्काबासी टुलुटुलु हेरेर बस्न बाध्य हुनु परेको स्थानीय भबिन्द्रबहादुर कार्कीले बताए । उनिहरुले गाँउको पोखरीमा बाटोको भल जम्मा गरेर बस्तुभाऊलाइ खुवाउने ,कपडा धुनें गर्दै आएका छन । बाह्र वर्षअघि डहरे खानेपानी योजनाको पानी ल्याएपनि तीन महिनापछि धारामा पानी आउन छाडेकाले २०६९ मा गल्याङ खानेपानी आयोजना मार्फत होमन खोलाबाट गाउँमा ६ धारा निर्माण गरिको थियो ।
ती धारामा अहिले महिनाका ३ दिनमात्र पानी आउने स्थानीय समाजसेवी मिना दर्जीले बताइन । ‘८-९ दिनसम्म मुहानमा पानी जम्मा गरेपछि ३÷४ घण्टा पानी आउछ, ४२ घरधुरीको पालोनै आउदैन’ दर्जीले दुखेसो पोखिन् ।
नेटा प्राविमा समेत खानेपानी छैन, कर्मचारीले ल्याएको एक गाग्री पानीले गुजारा चलाउने गरेको प्रअ शान्ती दर्जीले बताइन् । मल्म गाविसमा क्रियाशिल राजनीतिक सन्यन्त्रका प्रतिनिधिहरु यसवर्ष परिषद्बाटै झिर्काको खानेपानी समस्या समाधानका लागि पाण्डवखानीमा सर्वदलीय बैठकमा पटक पटक योजना पेस हुन्छ तर पाण्डबखानीका स्थानीय हरुले उक्त योजना माथि जान नदीने गरेको स्थानीय बताउछ्न ।
खानेपानी को क्षेत्रमा काम गर्ने अनेकौ संस्थाको नाम सुनेपनी आफुहरुलाई कसैले नहेरेको झिर्काबासी बताउछ्न । खानेपानी अभाबको कारण हुनेखाने बेशी झर्न थालेका छन भने बिपन्न बर्गका स्थानीय काकाकुल सरह जीवन बिताउन बाध्य बनेका छन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण