गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारकिर्ते गरेको आरोपमा बागलुङका दुई जना पक्राउ

किर्ते गरेको आरोपमा बागलुङका दुई जना पक्राउ

April 28, 2016१४३ पटक

उज्यालो लाल्टिन

बागलुङ, १६ बैशाख । मालपोत कार्यालयको सरकारी स्रेस्तामा केरमेट गरेको पाइएपछि सरकारी लिखत किर्ते गरेको आरोपमा बागलुङका दुई जना पक्राउ परेका छन् । उनीहरुलाई जालसाजी गरेर जग्गा विक्रि गरेको आरोप पनि लागेको छ । बानपा–३ घर भइ मालपोत कार्यालयमा लेखनदास काम गर्दै आएका दलबहादुर खड्का र बागलुङ बजारमै बस्दै आएकी टेकमाया राना घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीेले उनीहरुलाई सरकारी लिखत किर्ते आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । घडेरीको जग्गा दृष्टी बन्दक राख्न खोज्दा केरमेट गरेर राजिनामा बनाइएको बानपा–१ रामरेखाकी मिना नेवारीको आरोपपछि उनीहरु पक्राउ परेका हुन् । ५ आना घडेरीको जग्गा दृष्टीबन्दक राख्नका लागि तयार गरिएको लिखतमा राजिनामा बनाएको उनको आरोप छ ।
बन्दकमा दिएको जग्गा राजिनामा बनाएपछि आफू ठगिएको उनको उजुरीपछि परेको थियो । पिडित नेवारीले एकबर्षका लागि दृष्टीबन्दक राखेकोमा जालसाजी गरेर राजिनामाको कागजात बनाइएको प्रहरीको भनाइ छ ।
उक्त विक्रि गरिएको भनिएको जग्गालाई एक करोड रुपैयां भन्दा धेरै मूल्य पर्ने अनुमान छ । ५ आना रहेको उक्त जग्गा १५ लाखमा विक्रि गरेको कागजात भएकोले राजिनामा हो वा बन्दक हो भन्ने यकिन हुन नसकेको स्थानीय बताउंछन् ।
‘कागजातमा राजश्व ४५ हजार तिरेको देखिन्छ’ मालपोत अधिकृत बिष्णुप्रसाद शर्माले भने, ‘बन्दकका लागि त्यति धेरै राजश्व तिर्नुपर्दैन ।’ मुल रकम निकै कम भएको देखिनुमा भने शंकास्पद भएको शर्माले स्विकारे ।
‘कागजात लिखत किर्ते गरेको भए नैतिक रुपमा म पनि जिम्मा लिन्छु’ उनले भने, ‘पेट भाषाको व्यहोराले भने राजिनामा नै दिएको देखिन्छ ।’ शिर्षकको बन्दकमा केरेर राजिनामा लेखेपनि राजश्वमा भने कुनै त्रुटी नभएको उनले जिकिर गरे ।

प्रहरीले भने लेनदेन गर्ने दुवैको विचमा यस अघिपनि खटपट भएको देखिएकोले ठगी गर्ने गिरोह भएको पनि अनुमान गरेको छ । ‘किर्ते मात्र नभइ यस अघिका धेरै मुद्दामा उनीहरुको नाम मुछिएको देखिन्छ’ प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले भने, ‘अनुसन्धान हुँदैछ, हस्ताक्षर, औंठाछाप लगायतको परिक्षण पनि गर्न बाँकी रहेकोले यसै भन्न सकिंदैन ।’ दुवैजना शनिवार चर्चमा जाने साथी भएको उनले बताए । जग्गा विक्रि गर्ने महिला भने वृद्धा र अक्षर नचिन्ने छिन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण