एमालेका १९ विभागले पूर्णता पायो, कुन विभागमा को ? (सूची सहित)
काठमाडौं बैशाख १६ / नेकपा एमालेका १९ केन्द्रीय विभागहरुले पूर्णता पाएका छन् । केन्द्रीय कमिटीको बैठक लगत्तै एमालेले १९ विभागहरुलाई पूर्णता दिएको हो ।कार्यदलले अहिले सम्म पार्टी स्कुल, उद्योग वाणिज्य, संविधानसभारसंसदीय, पुस्तकालय तथा अभिलेख, पर्यटन प्रवद्र्धन, सामाजिक सेवा, युवा तथा खेलकुद, संस्कृति, स्थानीय विकास, स्वास्थ्य तथा जनसंख्या, उपभोक्ता हित तथा सुशासन, संघीय मामिला, अर्थ तथा योजना, विज्ञान तथा प्रविधि, शिक्षा तथा मानवस्रोत, सामान्य प्रशासन, न्याय कानुन, श्रम तथा रोजगार, राजकीय मामिला विभागको टुंगो लगाएको छ ।

विभाग गठनमा अध्यक्ष केपी ओली पक्ष र नेता माधवकुमार नेपाल पक्ष विच विवाद चर्किएपछि विवाद समधानका लागि चैत अन्तिम साता बसेको स्थायी समितिको बैठकले कार्यदल गठन गरेको थियो ।
विभागीय प्रमुख र उपप्रमुखको सहमतिमा नामावली टुंगो लगाउने गरि कार्यदललाई जिम्मा दिइएको थियो । कार्यदलले विभागीय प्रमुख र उपप्रमुखलाई बोलाएर छलफल गरी उनीहरूको सहमतिमा नामावली टुंगो लगाएको हो ।
कार्यदलले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल प्रमुख रहेको विभागको नाम भने टुंगो लगाउन सकेको छैन । खनाल प्रमुख रहेको नीति अनुसन्धान प्रतिष्ठान तथा नेपाल प्रमुख रहेको वैदेशिक मामिला विभागको नाम टुंगो नलागेको हो । स्रोतका अनुसार खनाल विदेशमा रहेको तथा नेपाल उपत्यकाबाहिर रहेकाले नाम नटुंगिएको हो । स्रोतका अनुसार दुवै विभागमा रहने सदस्यहरूको नाम भने सिफारिस भइसकेको छ । त्यस्तै, प्रदीप नेपाल प्रमुख रहेको जलस्रोत तथा ऊर्जा विभागमा रहने सदस्यहरूको नाम पनि टुंगिएको छैन । नेपाल कोरिया भ्रमणमा छन् ।
हेर्नुहोस् कुन विभागमा को ?
पार्टी स्कुल विभाग
केपी शर्मा ओली: प्रमुख,
शंकर पोखरेल: उपप्रमुख,
ईश्वरी रिजाल : सचिव,
सदस्यहरू : तत्त्व तिमल्सिना, गोविन्द सुवेदी, घनश्याम कोइराला, पुरुषोत्तम न्यौपाने, पेम्बा लामा, मीनबहादुर शाही, भीम कार्की, रामेश्वर राना, राजेन्द्र रावल, गोकुल बास्कोटा, डा। प्रेम दंगाल, डा। युवराज खतिवडा, डा। सरोज धिताललगायत २५ जना ।
उद्योग–वाणिज्य विभाग
मुकुन्द न्यौपाने: प्रमुख,
श्रीचन्द्र शर्मा :सचिव,
सदस्यहरू : एलपी साँवा, बलबहादुर तामाङ, बालकृष्ण शिवाकोटी, भीमलाल पौडेल, राजकिशोर यादव, दीपकप्रसाद देवकोटा, कल्पना योङहाङ, विश्वराज रेग्मी, मुक्तिराम पाण्डे, बालगोपाल थापा, यामबहादुर श्रेष्ठ, उद्धव केसी, रामबहादुर गुरुङ, राजेन्द्रमान श्रेष्ठ, भीमप्रसाद घिमिरे, धनराज आचार्य, खगेन्द्रराज जोशी, प्रेमप्रसाद पौडेल, भगीरथ सापकोटा, दीपक अधिकारी, डेकनाथ गौतम, गोपाल खनाल, विजय गुप्ता
स्वास्थ्य तथा जनसंख्या
सुजिता शाक्य : प्रमुख
रचना खड्का : उपप्रमुख
सदस्यहरू : डा. झलक गौतम, प्रा.डा. ऋतुप्रसाद बड्तौला, डा. गणेशबहादुर गुरुङ, डा. गोविन्द सुवेदी, डा. कृष्ण अधिकारी, डा. जागेश्वर गौतम, डा. विधान आचार्य, डा. मुकुन्द पन्थी, डा. बुद्धिमान श्रेष्ठ, प्रमिला देवान, तारा पोखरेल, अप्सरा पाण्डे, सरला केसी, चन्द्रकला सुब्बा, लक्ष्मी केसी, केदार पराजुली, रामविनोद महतो, बाबुराम भट्टराई, रामसुन्दर यादव, हरि कुँवर, चन्द्रबहादुर थापा
युवा तथा खेलकुद विभाग
कर्णबहादुर थापा : प्रमुख,
सदस्यहरू : दामोदर अर्याल, पीताम्बर तिम्सिना, महेश बस्नेत, केशव विष्ट, विजय राई, राजेश खाती, मीना श्रेष्ठ, नयन बोहरा, रिम रानाभाट, धनबहादुर तमाङ, विनोद मैनाली, सुरेश गौतम, दलबहादुर फडेरा, किशोर शर्मा पौडेल, महेश विष्ट, मोहन रेग्मी, नारायणराज आचार्य, कृष्णबहादुर थापा, मेघराज पौडेल, राजीव पहाडी, किशोरविक्रम मल्ल
उपभोक्ता हित तथा सुशासन
घनेन्द्र बस्नेत : प्रमुख
गणेश पहाडी : उपप्रमुख
सदस्यहरू : ज्योति बानियाँ, सूर्यबहादुर थापा, रोहित दाहाल, मोहिनी खनाल, भानुहरि भण्डारी, अनारकली मिया, सुवासचन्द्र ठकुरी, रञ्जना माझी, लुमानसिंह विश्वकर्मा, फाल्गुनी शर्मा, टीकाराम गौतम, बाबुराम हुमागाईं, आनन्दराम यादव, केपी सापकोटा, विमल पोखरेल, प्रयाग खड्का, मैना अछामी, राधा महत
संस्कृति विभाग
खगेन्द्र राई: प्रमुख
सदस्यहरू : लालकाजी लामा, केशव भट्टराई, भिक्टर प्रधान, पुष्प आचार्य, प्रा.डा. पारसमणि भण्डारी, सानु पहाडीलगायत २५ जना
न्याय तथा कानुन विभाग
रघुजी पन्त: प्रमुख,
डा. देउमान सम्बाहम्फे : उपप्रमुख
सदस्यहरू : गोविन्द बन्दी, डा. चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराई, रविनारायण खनाल, आङबाबु लामा, रुद्र नेपाल, कमल अर्यालसहित