अर्घाखांचिको अङ्गुरीमा भिषण आगलागि, गाउँ उच्च जोखिममा
दिपेन्द्र श्रेष्ठ १६ बैशाख अर्घाखाँची । अर्घाखाँची जिल्लाको अड्गुरीमा भीषण आगलागी भैरहेको छ । झन्द्रेकमा लागेको आगो फैलिएर अड्गुरी ६ र ७ मा समेत पुगेको छ । स्थानिय पदम श्रेष्ठले दिएको जानकारी अनुसार आगलागी नियन्त्रण बाहिर छ ।
आगो नियन्त्रण आएन भने पाली र उपल्लो अड्गुरी गाउँ समेत जोखिममा पर्ने खतरा रहेको उनले बताए। पाली ७ को भुस्तोला र पन्थी टोला गाउँ जोखिममा परेको हो ।
अहिले सम्म दुई वटा गोठ जलेर खरानी भएका छन । पन्थी टोलामा दुई घर जलेर नष्ट भएका छन् । पानीको अभावले आगो नियन्त्रणमा लिन सकिएको छैन् । अहिले प्रहरी र स्थानीयले दमकलको सहायताले आगो निभाउने प्रयास गरिरहेका छन् ।
निरन्तर लामो समय देखिको खडेरीले गर्दा अर्घाखाँचीभर आगलागीका घटना दैनिक भईरहेका छन् । आगलागीबाट ज्यान जानुका साथै करोडौ बराबरको धनजनको नोक्सान भएको छ ।
अागो सामुदायिक बन तथा गाउँमा बढी लागि रहेको छ । जिल्लाको जलुके, सिद्दारा, सिमलपानी, ठाडा, अड्गुरी, किमडाँडा, धातिबाङ, बाङला, डिभर्ना, खन, गोखुङा, असुर्कोट, ढिकुरा नरपानी लगायतका धेरै ठाउँहरुमा दिनाहु आगलागीका घटना भईरहेका छन् । अहिलेसम्म झन्डै ७ दर्जन घर तथा सयौं गोठ जलेर नष्ट हुनुको साथै सयौं हेक्टर जगल जलेर नष्ट हुदा करोडौंको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।