गृहपृष्ठ » समाचारहरुअपाङहरु भन्छन अवसर पाए हामि पनी कम छैनौ ।।

अपाङहरु भन्छन अवसर पाए हामि पनी कम छैनौ ।।

April 28, 2016१०६ पटक

तुल्सीपुर,१६ बैशाख।

अपाङगता भएका ब्यक्तिहरुले अबसर पाए सपाङ सरह समाजमा योगदान गर्नसक्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।

अपाङगता सेवा केन्द्र तुल्सीपुरको आयोजना तथा आदीबासी जनजाती उत्थान राष्ट्रीय प्रतीस्ठान काठमाण्डौको सहयोगमा आज दाङको तुल्सीपुरमा आयोजीत अपाङगता भएका ब्यतmीहरुका लागी राज्य सत्तामा पहुच बिषयक एकदीने अन्र्तक्रीया कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन । केन्द्रका अध्यक्ष तिलसरा पुनको अध्यक्षता एव पुर्व सांसद टिका वुढाथोकिको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा बोल्दै वुढाथोकिले अपाङता भएका ब्यक्तिहरुलाई राज्य सत्तामा पहुच पु¥याउने बिषय सामान्य नभएको बताउनु भएको छ । उहाँले अपाङ भएका व्यक्तिहरु नै स्वय सचेत नहुदा सम्म कसैले पनी अधिकार नदिने बताउनु भयो ।  उहाँले अपाङहरु अगाडि वढन एक अर्कामा आफना कुराहरु राख्नु पर्ने त्यसको समाधानका लागी समेत एक भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।  राज्य सत्तामा अपाङता भएकाहरुलाई पु¥याउने कुरा नाम मात्र भएको भन्दै नेताहरुले भोटका लागी मात्र अपाङहरुका बिषयमा बोल्ने तर ब्यवहारमा भने उनीहरुको अधिकारको लागी नवोल्ने गरेकोे आरोप लगाउनु भयो । साथै उहाँले अपाङता भएका ब्यक्तिहरुका लागी आउने बिभिन्न सेवा सुविधाहरु टाठा बाठाहरुले खाने गरेको बताउनु भयो ।

कायक्रममा बोल्दै केन्द्रका अध्यक्ष तिलसरा पुनले आफुहरुले राज्यले उपेक्षा गरेको बताउनु भएको छ । उहाँले राज्य आफुहरुका मुद्धाहरुमा गम्भिर नभएको आरोप समेत लगाउनु भयो ।

कार्यक्रममा राप्ति वहिरा संघका कार्यकारि अधिकृत प्रतिमा शर्मा , समावेशि अपाङता सञ्जालका उपाध्यक्ष वच्चुराम परियार , समुचित अपाङ सघका अध्यक्ष यज्ञ विक , राप्ति बहिरा संघका देवा डागि , थरुहट दाङ ईन्चार्ज शरण थारु , अपाङ सञ्जाल वडा नम्वर ९ का संयोजक शुरेस बिक , ६ का संयोजक रोशन गिरी , अपाङता मानव अधिकार तथा सरोकार मञ्चका सामाजीक परिचालक  छवि वलि, नन्दा परियार लगाएतकाले अपाङको हक अधिकारिका लागी सवैले आफनो ठाउबाट सहयोग गर्नु पर्ने कुरामा जोड दिएका थिए ।13095890_1181751625182760_136656820276493031_n

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण