गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचार‘तिम्ले मलाई छाडेको दिन त….दिउसै सुर्य अस्तायो एक छिन त…..’

‘तिम्ले मलाई छाडेको दिन त….दिउसै सुर्य अस्तायो एक छिन त…..’

April 29, 2016२४१ पटक

जीवन भण्डारी ।

कति सारो परेको पिरनी । तेलको पैचो पानीले के तिरनी,

धानको सिरौला, दुख्ख पर्दा लाएको गुनैको पैचो तिरौला …….

गर्यौ घात रितैको साथ, न्यानो देख्यौ पराईको त्यो साथ
औठी चिनो छ, मायाको संझना फिर्ता दिनु छ ……….

तिम्ले मलाई छाडेको दिन त….दिउसै सुर्य अस्तायो एक छिन त…..
के भनौ र खोइ धोकदिनेलाई, के भनौ र खोइ तिमी हास भो मै बसौला रोइ …………

 12743513_1237384522943921_5614936051749189297_n
उनले लेखेको यो गितको भावले आज धेरैको मन रुवाएको छ । ….यस्ता सयौं गीतका रचयिता सुर्यकुमार क्षेत्री अव भौतीक रुपमा हामीविच नरहेको तथ्य अझै पनि अपत्यारिलो भईरहेको छ । पत्रकारिताको पहिलो पाईला संगसगै चालेका मेरा अनन्य मित्र सुर्यकुमार क्षेत्रीको निधनले आज आफ्नो एउटा पाईला कतै छुटेर आफुपनि बाटैमा लडेजस्तो अत्यान्तै असजिलो महशुष भईरहेको छ ।
२०५८ साल माघ महिनामा पाल्पाको नवजनचेतना साप्ताहिक (हाल दैनिक) बाट एउटै चरणमा पत्रकार दाजुद्धय सतिश चापागाई र जगदिश भट्टराईले हामी दुईलाई एकैदिन देखि समाचार लेख्न सिकाउदै जिम्मेवारी दिनुभएको थियो । केही समय तान्सेनमा संगै काम गरेपछि जनचेतनाको आवश्यकता र मेरै रोजाईमा म बुटवल शाखामा कार्यालय प्रमुख भएर बुटवल झरेको थिएँ भने उनी तान्सेनमै डेक्समा बसेर जिम्मेवारी सम्हालेका थिए ।
त्यतिवेला तान्सेनमा पत्रिका छाप्ने प्रेस नभएकाले हरेक मंगलवार निस्कीने भएकाले सोमवार बेलुका उनी पत्रिकाको म्याटर लिएर बुटवल आउथ्ये । अधिकांश सोमवार हामी बुटवलको मैत्रीपथमा रहेको थकालीमा खाना खादै पत्रिका छपाईको चाँजोपाँजो मिलाउथ्यौं । अनिसंगै सुत्थ्यौं । विहान उठेपछि उनी पत्रिका लिएर तान्सेन फर्किन्थ्ये भने म बुटवलकै हकरहरुलाई पत्रिका वितरणका लागि समन्वय गरिदिन्थ्येँ । यो जिम्मेवारी हामीले झण्डै दुई बर्ष यसैगरी निर्वाह गर्यौं । यस अवधिका हाम्रा अन्तरंग संवन्ध अहिले एकपछि अर्को झलझली संझना आईरहेको छ । जो यहाँ उल्लेख गरेर संभव छैन ।
जनचेतनामा कम गर्नु अघि उनी नेपाल समाचार पत्रको पाल्पा शाखा कार्यालयमा बजार प्रतिनिधिको रुपमा कार्यरत थिए । सतिश दाईले उनलाई टाठो केटो देखेर रोज्नु भएको थियो । बजार प्रतिनिधि भएपनि उनलाई सतिश दाईले समाचार, गितकविता लेख्न सिकाउनु भएको थियो । त्यहीबाटै उनको समाचार लेखन र गितकविता लेखनको यात्रा सुरु भएको थियो भने मैले पनि सतिश दाईलाई गाँउ (पाल्पा गेझा, हाल रामपुर नपा ) बाट हुलाक मार्फत् समाचार र गित कविताहरु पठाउने गर्दथेँ । हामी दुवैका गुरु उही समयका उही व्यक्ति हुन पहिला सशित चापागाई एक्लै । अनि जगदिश भट्टराई पनि ।
हामी दुईले सतिश र जगदिश दाईको मार्गदर्शन र जनचेतनाको जिम्मेवारी पछि म बुटवलमा बुटवल एफएम तिर लागे भने उनी पाल्पाको श्रीनगर एफएम तिर लागे । अनि सगै तर फरक फरक ठाउँबाट सुरु भयो हाम्रो रेडियो पत्रकारिता । त्यसपछि उनी पाल्पाको पश्चिमाञ्चलमा एफएममा पनि केही समय काम गरेर बुटवल झरे तिनाउ एफएममा समाचार प्रमुख भएर । म भने उनी बुटवल आउने बेला सम्म बुटवल एफएममै कार्यरत रहेँ । बुटवलको कालीकानगरमा संगसगै रहेका दुई एफएमका हामी सहकर्मी फेरी भौतीक रुपमा पनि नजिक हुन पायौं । पुराना संझना र नयाँ योजनामा रमाउथ्यौं हरेक दिन । उनले पश्चिमाञ्चलमा काम गरिरहेकै बेला सहकर्मी सरित ढकालसंग बैवाहिक संवन्धमा बाँधिएका थिए । उनी पाल्पा भएका बेला रिपोटर्स क्लव नेपालको जिल्ला सचिव थिए भने जिल्ला अध्यक्ष प्रकाश खनालले पछि अंचल समिति गठन गरेपछि मलाई महासचिव र उनलाई  अंचल सचिव बनाउनु भएको थियो । हामीले अंचल र जिल्ला दुवै समितिलाई यती सक्रिय बनाएका थियौं की जीवन र सुर्य भएका संस्था जत्तिको सक्रिय संस्था कुनै छैन भन्ने सम्मको छाप परेको थियो ।
बुटवलको संगसगैको बसाईपछि हामी काठमाडौं पनि संगसगै आयौं । म नेपाल एफएम नेटवर्कमा काम गर्न थाले भने त्यसको केही समयपछि उनी उज्यालो नेटवर्कमा काम गर्न थाले । उज्यालोमा हुदा राजनितिक, शिक्षा र कला संवाददाताको रुपमा उनले गरेको रिर्पोटिङ उल्लेख्य मानिन्छ ।
बरिष्ठ लोक गायक दुर्गा रायमाझी र अमृत अधिकारीबाट दुःखद् खवर थापा पाउना साथ उनलाई उपचार गराई रहेको माईतिघर स्थीत अन्नपुर्ण न्युरो अस्पतालमा पुगेर उनको शव देखेपछि रातभरी निदाउन सकिन र अहिले यस्तै संझनाहरुले सताईरहेको छ । अव तिमी केवल संझनामा मात्र …………….

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण