एमाओबादी धार्मिक स्वतन्त्रताको पक्षमा–पुन
२६ साउन, काठमाण्डौ ।।
एकीकृत नेकपा माओवादीका सचिव वर्षामान पुनले आफूहरु धर्म निरपेक्ष भन्दा पनि धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ ।
अखिल नेपाल जनजाति सम्मेलनले आज राजधानीमा गरेको कार्यक्रममा सचिव पुनले आन्दोलनको मुलभुत कुरा धर्म निरपेक्षता भएपनि लोकतन्त्रमा बहुलबाद स्विकारिने भएकोले राज्य कुनै एकको पक्षमा नहुने बताउनुभयो ।
उहाले हिन्दु धर्मको आस्थामा चोट नपु¥याउने र अल्पसख्यकलाई पनि नपेल्ने ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
अहिले विभिन्न कोणबाट धार्मिक सद्भावलाई विथोल्ने प्रयास भईरहेको भन्दै यसतर्फ सचेत भएर गतिविधि गर्न आग्रह समेत गर्नुभयो ।
शीर्ष नेताले अहिलेको सीमांकनलाई आफ्नो राजनीतिक स्वार्थ पुरा गर्ने गरी ल्याएको आरोप लगाउनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले ७८ प्रतिशत हिन्दु हुँदा पनि आफ्नो मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्न नसकेको पीडामा नेपाललाई हिन्दु राष्ट्र बनाउन लागि परेको आरोप लगाउँदै हिन्दु धर्म फर्काउने खेलभित्र भोली विस्तारै राजा फर्काउने खेल हुन सक्ने भन्दै सचेत हुन आग्रह गर्नुभयो ।