गृहपृष्ठ » राजनीतिगणतन्त्र दिवसकै दिन बजेट ल्याउन प्रमुख दलहरुबीच सहमति

गणतन्त्र दिवसकै दिन बजेट ल्याउन प्रमुख दलहरुबीच सहमति

April 29, 2016१२५ पटक

प्रमुख दलहरुले जेठ १५ गते गणतन्त्र दिवस कै दिन नै बजेट ल्याउने सहमति गरेका छन् ।

12745627_786276384836555_5010507559288714186_n प्रमुख दलका प्रमुख सचेतकहरु र सभामुख ओनसरी घर्तीबीच शुक्रबार भएको छलफलमा संवैधानिक व्यवस्था अनुसार नै जेठ १५ गते बजेट ल्याउने सहमति जुटेको हो ।

गणतन्त्र दिवसकोदिन सार्वजनिक विदा हुने र सरकारले औपचारिक कार्यक्रम समेत गर्ने भएकाले बजेट ल्याउने दिन केही तलमाथि पर्न सक्ने सरकारी अधिकारीहरुले बताएका थिए । प्रधानमन्त्री केपी ओलीले समेत ‘गणतन्त्र दिवस सार्न मिल्दैन, बजेट ल्याउने मिति सार्न मिल्छ’ भन्ने प्रतिक्रिया दिएका थिए ।

विकास निर्माणको काम प्रभावित हुनेभएकाले तोकिएको समयमै बजेट ल्याउनुपर्नेमा सवै सहमत भएको राप्रपाका प्रमुख सचेतक पर्शुराम तामाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण