गृहपृष्ठ » मुख्य समाचार, राजनीतिमुलुकलाई बिखण्डन हुनबाट जोगाउन सबै एक जुट भएर लाग्नुपर्ने –माधव नेपाल

मुलुकलाई बिखण्डन हुनबाट जोगाउन सबै एक जुट भएर लाग्नुपर्ने –माधव नेपाल

August 11, 2015१७३ पटक

२६ साउन, काठमाण्डौ ।। नेकपा एमालेका नेता माधवकुमार नेपालले मुलुकलाई बिखण्डन हुनबाट जोगाउन सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्याक्रममा बोल्दै नेता नेपालले आगो बालेर र हड्तालमा उत्रिएर समस्याको समाधान नहुने भन्दै धैर्यताका साथ अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले व्यतिगत स्वार्थबाट मुक्त भएर सबैभन्दा पहिले नेपालीको पहिचानमा सबै एक भए मात्र मुलुकको विकास सम्भव भएको स्पष्ट पार्नुभयो । अहिले पनि केहि व्यतिm विभिन्न नारालाई अगाडी सारेर संविधान जारी हुन नदिन षड्यन्त्रमा लागेको भन्दै नेता नेपालले जनताका अगाडी कुनै पनि षड्यन्त्रकारीको उदेश्य पुरा नहुने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण