गृहपृष्ठ » अार्थिकनेपाली सेनाको पहलमा रुकुममा भ्यू टावर निर्माण

नेपाली सेनाको पहलमा रुकुममा भ्यू टावर निर्माण

April 30, 2016९५ पटक

 बैशाख १८-रुकुम

 नेपाली सेनाले रुकुममा भ्यू टावर निर्माण गरेको छ । पर्यटकीय महत्व बोकेको राप्तीकै सबैभन्दा ठूलो रुकुमको बाँफिकोटमा अवस्थित स्यार्पु ताल अवलोकनका लागि नेपाली सेनाको देवीदल गणले भ्यू टावर निर्माण गरेको छ । 

12745627_786276384836555_5010507559288714186_n

नेपाली सेनाको देवीदल गणको विशेष पहलमा करिब रु पाँच लाखको लागतमा भ्यू टावर निर्माण गरिएको छ । स्यार्पु ताल अवलोकनका लागी हाल दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढेसंगै स्यार्पुताल आसपासमा पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाएको छ ।

नेपाली सेनाको देवीदल गण, सल्ले, रुकुमले स्थानीय बासिन्दा र जिविसको सहयोगमा भ्यू टावर निर्माण गरेको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई सो ताल अवलोकन गर्नका लागि सजिलो होस् भनेर जिविस, नेपाली सेनाको देवीदल गण लगायतका निकायले भ्यू टावर बनाउने निर्णय गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण