गृहपृष्ठ » मुख्य समाचार, समचारभएन रोपाई ।

भएन रोपाई ।

August 11, 2015२२१ पटक

२६ साउन, काठमाण्डौ ।।

समयमै वर्षा हुन नसकेका कारण यस वर्ष करिब चार लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन सकेको छैन । अल्पवृष्टि, खण्डवृष्टि तथा तराईका विभिन्न आठ जिल्लामा सुक्खा भएका कारण धान रोपाइँ हुन नसकेको कृषि विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार पूर्वाञ्चल क्षेत्रमा दुई लाख ४५ हजार ५६८ हेक्टर, मध्यमाञ्चलमा दुई लाख १८ हजार ५१९, पश्चिमाञ्चलमा दुई लाख ६८ हजार ३ सय ८६, मध्यपश्चिमाञ्चलमा एक लाख ४५ हजार ५ सय ६४ र सुदूरपश्चिमाञ्चलमा एक लाख ६९ हजार ३१ हेक्टरमा हालसम्म रोपाइँ भएको छ । साउनको तेस्रो सातासम्म आवश्यक परेजति मनसुनी वर्षा हुन नसक्दा रोपाइँ प्रभावित भएको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण