गृहपृष्ठ » समचारभिंग्रीमा सूचनाको हकसंबन्धी अन्तरक्रिया फोटो सहित

भिंग्रीमा सूचनाको हकसंबन्धी अन्तरक्रिया फोटो सहित

April 30, 2016१८३ पटक

राधिका भुसाल   बैशाख १८, प्यूठान
आम नागरिकलाई सार्बजनिक सरोकारका बिषयमा सूचनाको हक संबन्धी प्राबधान बारे जानकारी गराउने उदे्श्यले जिल्लास्थित सरोकारवालाहरुको उपस्थितीमा अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ । सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाको उपस्थितीमा शनिबार भिंगृको जलुकेमा सो कार्यक्रम गरिएको हो ।

DSC07215 DSC07250
राष्ट्रिय सूचना आयोग, नेपाल पत्रकार महासंघ शाखा प्यूठान र प्यूठान स्थित सम्पूर्ण सरकारी कार्यालयहरुको संयूक्त आयोजनामा सम्पन्न कार्यक्रममा जनतालाई सूचना प्राप्त गर्ने विभिन्न माध्यम र सूचना नदिने कार्यालयलाई गरिने हरेका प्रकृतिको कारबाही बारे स्पष्ट पारिएको थियो । सूचनाको हक मानवजीवनकै पहिलो पाटो भएका कारण कोही कसैलाई सूचना लेनदेनमा कन्जुसाइ गर्न नहुने र सबै कार्यालयहरुले आफ्ना गतिविधिबारे जनतालाई प्रष्ट सूचना उपलब्ध गराउनु पर्ने लगायतको विषयमा छलफल गरिएको थियो । लोकतान्त्रिक व्यवस्थामा सूचनालाई प्राणको रुपमा ल्याइएको हुंदा साना ठुला सवै खाले सूचनाहरु सावजर्निक गर्नु पर्ने कार्याक्रमका प्रमुख अतिथि तथा प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले बताए । उनले भने “प्रशासनलाई आधुनिकिकरण गर्दै जनताको सूचनाको हकलाई सम्पन्न गर्नु पर्छ । सम्पूर्ण कार्यालयले प्रत्येक ३–३ महिना आफुले गरेका कार्यहरु सार्वजनिक गर्नु पर्छ, जनताले सूचना मागुन या नमुगानु तर कार्यालयले सूचना उपलब्ध गराउनु पर्छ, सम्पूर्ण गतिविधि पत्रकार महासंघलाई उपलब्ध गराएमा जनताले सही समयमा सूचना प्राप्त गर्न सक्छन ।” उनले भने–
प्यूठान जिल्लालाई १५ दिन भित्रमा प्रत्येक कार्यालयमा सूचना अधिकारीको नाम सम्पर्क नम्बर खुलाई सार्वजनिक गर्ने र सूचना लेनदेनको पनि गणना गर्न आग्रह गरे । जिल्ला न्यायधिश बासुदेब न्यौपानले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

DSC07210
कार्याक्रममा जिल्लाका कार्यालय प्रमुख, संघ सस्थाका प्रमुख तथा प्रतिनिधी स्थानिय नागरिक लगायत सरोकारवालाहरु सहभागिता रहेको थियो । पत्रकार महासंघ जिल्लाशाखा प्यूठानका अध्यक्ष गिरु प्रसाद भण्डारीको स्वागत मन्तव्य र स्थानिय विकास अधिकारी शिव प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण