गृहपृष्ठ » मुख्य समाचार, स्वास्थ्यदैनिक रुपमा प्रयोग गरिने उपभोग्य बस्तुहरु प्रयोग गर्दा बिशेष ध्यान दिनुपर्ने ।।

दैनिक रुपमा प्रयोग गरिने उपभोग्य बस्तुहरु प्रयोग गर्दा बिशेष ध्यान दिनुपर्ने ।।

August 11, 2015१९७ पटक

२६ साउन,बाग्लुङ
बजारमा किन्ने दैनिक उपभोग्य बस्तु प्रयोग गर्दा आम उपभोक्ताहरु सधै सचेत रहनुपर्ने उपभोक्ता सरोकारवालाले बताएका छन् । बागलुङ नगरपालिकाको सहयोग र राष्ट्रिय उपभोक्ता मंच बागलुङको आयोजनामा उपभोक्ता सचेतनाका लागि अमृत आदर्श उच्च माविका बिद्यार्थीहरुका लागि ायोजना गरिएको जनचेतना कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले यस किसिमका प्रशिक्षण आवश्यक भएको भन्दै उपभोक्ता नै सचेत बन्नु पर्ने वताए । कार्यक्रममा सहभागिले उपभोक्ता सचेत बन्नका लागि सचेतना अािभयान विद्यालय तहबाटै सञ्चालन गर्न आवस्यक भएको बताए । सामान खरिद गर्दा सहभागिले मूल्य सूचि नहेर्ने, गुणस्तरहिन खाद्य पदार्थ तथा म्याद नाघेका बस्तुको सेवन गर्दा पनि उजुर नगर्ने प्रवृत्तिले ठगिने क्रम बढेको बताए । आफु ठगिनबाट बच्नका लागि स्वयम ब्यक्तिले नै ध्यानदिनु पर्नेमा सहभागीहरुको जोड थियो । उच्च माध्यमिक विद्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले सवै उपभोक्ताको हितका लागि उपभोक्ता हित संरक्षण ऐन २०५४ आएपनि स्वयम उपभोक्ता सचेत नभएकाले कार्यान्वयनमा समस्या भैरहेको बताए । उनले उपभोक्ता अधिकार बिरुद्ध कुनै कमजोरी देखिए सहायक प्रमुख जिल्ला अधिकारी,उपभोक्ताबादी संघ, संस्था र संचार माध्यममा खवर गरेमा प्रशासनले कारवाहीको प्रकृया अगाडि बढाउन सकिने बताए । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले उपभोक्ता मञ्चले उपभोक्ताको हितमा काम भए नभएको वारेमा समय समयमा अनुगमन गर्दै आएको र केहीलाइ कालो बजारी, अखाद्य बस्तु विक्रि गरेको लगायतको विषयमा कारवाही पनि चलाएको बताए । कार्यक्रममा मंचका केन्द्रीय सदस्य राम बहादुर केसी, पत्रकार महासंघका सचिव दिल शिरीष, बिद्यालयका प्रिन्सिपल महेशचन्द्र प्रधान लगायतले विद्यार्थीलाइ उपभोक्ता हित बारेमा अभिभावकलाई सचेत गराउन र मानव स्वास्थ्यमा आवश्यक ध्यान दिन आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण