गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारजापानी कम्पनीमा आगलागी हुँदा २५ को मृत्यु

जापानी कम्पनीमा आगलागी हुँदा २५ को मृत्यु

August 11, 2015३०३ पटक

२०७२ साउन २६ मंगलवार

फोटो :फाइल फोटो
इन्डोनेसिया: इन्डोनेसियास्थित जापानी श्रृङ्गार सामग्री (कस्मेटिक) कम्पनीमा भएको आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म २५ पुगेको इन्डोनेसियाली अधिकारीले जनाएका छन् ।
पीटी म्यान्डम नामक उक्त श्रृङ्गार सामग्री उत्पादन गर्ने व्यवसायिक कम्पनीमा गएको जुलाई १० तारिखमा भएको आगलागीमा यसअघि पाँच जनाको मृत्यु भएको जनाइएको थियो ।
“आगलागीबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म २५ पुगेको छ भने ३२ जना अझै अस्पतालमा उपचाररत छन्,” पीटी म्यान्डमका सचिव अलिया देवीले जनाए। उक्त घटनामा ५३ कामदार घाइते भएका थिए, देवीले बताए ।

सबै घाइते तथा मृतक उक्त श्रृङ्गार सामग्री उत्पादन गर्ने कम्पनीमा कार्यरत श्रमिक भएको समेत पुष्टि भएको छ । घटनाका बारेमा छानबिन गर्न एक स्वतन्त्र छानबिन समिति बनाइएको थियो । घटनाका बारेमा छानबिन जारी रहेको छ ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण