बोलबम मनाउन गएका बालक मृत भेटिए
सुनसरी, २६ साउन– जिल्लाको धरानमा एक बालक मृत अवस्थामा फेला परेका छन् । धरान–७ बस्ने किशोर साहका ५ वर्षीय छोरा बिष्णु साह धरान–८ स्थित खहरेखोलामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् । स्थानीय पिन्डेश्वरी मन्दिरमा बोल बम गई घर फर्कने क्रममा सोमबार धरान–३ स्थित माछाभौडी स्थित नालीमा परी बेपत्ता भएका उनी सो ठाउँमा मृत फेला परेको प्रहरीले बताएको छ ।