गृहपृष्ठ » मुख्य समाचार, राजनीति‘लिपु लेक हाम्रो हो’ भन्ने १० नेपाली विद्यार्थी भारतीय एसएसबीको कब्जामा

‘लिपु लेक हाम्रो हो’ भन्ने १० नेपाली विद्यार्थी भारतीय एसएसबीको कब्जामा

August 11, 2015२४३ पटक

दार्चुला, २६ साउन– भारतीय सिमा सुरक्षा बल एसएसबीले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १० कार्यकर्तालाई दार्चुला सदरमुकाम खलंगा नजिकैबाट नियन्त्रणमा लिएको छ ।
नेपालको दार्चुला र भारतको धार्चुलाबीचको सिमा क्षेत्रमा पर्ने पुलबाट उनीहरु पक्राउ परेका हुन् । क्रान्तिकारीले सुरु गरेको ‘लिपु लेक बचाऊ’ अभियानका क्रममा दार्चुला पुगेका ती विद्यार्थीलाई सिमा क्षेत्र हेर्न गएका बेला एसएसबीले नियन्त्रणमा लिएको सो संगठनका अध्यक्ष रत्न ढकालले बताए ।
क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले जानकारीका अनुसार पक्राउ पर्नेमा सन्दिप गौतम, मोहन आचार्य, खगेन्द्र कँडेल, शिव गौतम, किरण पौडेल छन् ।

यस्तै पक्राउ पर्ने अन्यमा सुशील बस्नेत, दिनेश जमकट्टेल, पुगन खनाल, अंकित तिवारी र सुदर्शन पौडेल रहेको अधिकारीले बताए । पक्राउ पर्नेमा सबै बैतडी कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थी रहेको बुझिएको छ ।

उनीहरुलाई एसएसबीको धार्चुलास्थित क्याम्पमा राखिएको छ । नेपाली अधिकारीहरुलाई पक्राउ परेकाहरुको अवस्थाबारे एसएसबीका तर्फबाट कुनै जानकारी दिइएको छैन ।

यसैबीच क्रान्तिकारीले गिरफ्तार आफ्ना कार्यकर्ताको तत्काल रिहा गर्न भारतसँग माग गरेको छ ।

महासचिव उत्तम अधिकारीले विज्ञप्ति जारी गर्दै आफ्नै देशको सिमा क्षेत्र हेर्न गएका बेला नेपाली नागरिकलाई पक्राउ गर्ने एसएसबीको कार्य निन्दनीय र नेपाली राष्ट्रियतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण