गृहपृष्ठ » मुख्य समाचार, समचारप्यूठान दुर्घटनामा परेका ९ को सनाखत, एक बाँकी

प्यूठान दुर्घटनामा परेका ९ को सनाखत, एक बाँकी

August 11, 2015२९४ पटक
प्यूठान २६ साउन- प्यूठान सदरमुकाम नजिकै भएको बस दुर्घटनाका ९ जनाको सनाखत भएको छ ।
मृतकमध्ये प्यूठान नगरपालिका १४ की माया केसी,तोरवाङ गाविसका नरेन्द्र जिसी, प्यूठान नरपालिका २ का सञ्जय सुनार(जुनु),कपिलवस्तुका लंकवहादुर रावत ,दाङ गढवाकी सिता पण्डितको,प्यूठान नगरपालिका १५ का हस्तवहादुर बस्नेत,तोरवाङ ५का दानवहादुर पोख्रेल,ढुङगेगढि १ का नामुमाया राई र तुषारा ५ का शिवु गिरीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
घटनामा परि मृत्यु भएका अन्दाजी १२ बर्षका बालकाको हालसम्म सनाखत हुन सकेको छैन । हिजो दिउसो सदरमुकामवाट बाङगेफेदि जादै गरेको ना ३ ख ८३८३ नम्वरको यात्रुवहाक बस सागुरो घुम्तीरहेको सारिवाङको सडकवाट खोलामा पल्टीदा घटनास्थलमै ६ जना ,उपचारका लागि लैजादै गर्दा ४ जनागरि १० जनाको मृत्यु भएको थियो । घटनामा गम्भीर घाईते भएका १३ जनाको अहिले भैरहवामा उपचार भइरहेको छ ।त्यस्तै घाईते ११ जनाको जिल्ला अस्ताल विजुवारमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण