गृहपृष्ठ » खेलकुद, मुख्य समाचारबार्सिलोना छोड्न चाहन्छन् पेड्रो

बार्सिलोना छोड्न चाहन्छन् पेड्रो

August 12, 2015३६६ पटक

साउन २७ – स्पेनिस फर्वाडर पेड्रोले बार्सिलोना छोड्न चाहेका छन् । पेड्रोले क्लब छोड्न चाहेको बार्सिलोनाका टेक्निकल सेक्रेटरी रोबर्ट फर्नान्डेजले बताए । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेसमा जानका लागि पेड्रोले बार्सिलोना छोड्न चाहेको फर्नान्डेजले बताए ।

एन्जल डि मारिया पेरिस जेन्ट जर्मेनमा अनुबन्धित भएपछि म्यानचेस्टर युनाइटेडमा उनको स्थान पेड्रोले लिन चाहेका छन् । मंगलबार राति भएको खेलमा अतिरिक्त समयमा गोल गर्दै बार्सिलोनालाई युइएफए सुपर कपको उपाधि दिलाएका पेड्रोले त्यसपछि आफूले क्लब छोडन् नचाहेको बताएका छन् । तर उनले यसअघि नै आफूहरु समक्ष क्लब छोड्ने प्रस्ताव राखेको फर्नान्डेजले बताए । ३० मिलियन युरो भन्दा कम मुल्यमा पेड्रोलाई नबेच्ने पनि फर्नान्डेजको भनाई छ ।

– एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण