गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, स्वास्थ्यसाझा बसमा पूर्वराजा ज्ञानेन्द्रको पनि सेयर

साझा बसमा पूर्वराजा ज्ञानेन्द्रको पनि सेयर

August 12, 2015३७१ पटक

050201_gyanendra_ccol_4a.grid-4x2२७ साउन, काठमाडौ । साझा यातायात सहकारी संस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि सेयर रहेको खुलासा भएको छ । साझामा ज्ञानेन्द्रको एक लाख सेयर रहेकेा छ । २८ प्रतिशत जनताको सेयर रकममध्ये उनको एक लाख रुपैयाँ रहेको हो ।

२०१८ सालमा साझा यातायात सञ्चालन गर्न पूर्वराजा ज्ञानेन्द्रले एक लाखको सेयर खरिद गरेको नेपाल समाचारपत्रमा खबर छ ।

बस सेवामा अब ई-कार्ड
नेपालमा पहिलोपटक ई-कार्डसहितको शहरी बससेवा सञ्चालन हुने भएको छ । नेपाल बैंकसँग सम्झौता गरी सो बस सेवा सञ्चालन गर्न लागिएको हो ।

दुई वर्षअघि सञ्चालनमा आएको साझा बसमा सो प्रणाली लागू गर्न लागिएको हो । साझा यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितले एक दुई हप्ताभित्रै ई-कार्डबाट बससेवा सञ्चालन हुने जानकारी दिए ।

ई-कार्ड भएपछि यात्रुले प्रत्यक्ष रुपमा रकम तिर्नुपर्दैन । मेसिनभित्र कार्ड छिराएपछि रकम काटिने र ढोका खोल्ने ब्यवस्था हुनेछ । अध्यक्ष दीक्षितले करिब एक दुई हप्तामा यो प्रविधि लागू हुने बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण