गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारहिन्दु राष्ट्र अभियानमा लागे मुस्लिम

हिन्दु राष्ट्र अभियानमा लागे मुस्लिम

August 12, 2015३५७ पटक

२७ साउन, दाङ । दाङका अमजद अली सिद्दिकी मुस्लिम समाज, राप्तीका अध्यक्ष हुन् । इस्लाम धर्मका ‘कट्टर’ भक्त उनी आफ्नो धर्मबाट बिचलित छैनन् तर, हिन्दुवादी अभियानका अभियन्ता हुन् ।

हिन्दु राष्ट्रका लागि दबाब दिन जिल्लामा गरिने हरेक ‘हिन्दुवादी’ आन्दोलनमा उनी सहभागी हुन्छन् । हिन्दु राष्ट्रका पक्षमा भाषण गर्छन ।

‘किन हिन्दुवादी अभियानमा ?’ उनी उत्तर दिन्छन् ‘इस्लाम धर्म जोगाउनु छ ।’

हिन्दु धर्ममाथि केही वर्षयता क्रिस्चियनको बढ्दो प्रभाव देखेका उनी मुस्लिम समुदायमाथि पनि त्इो जोखिम बढ्ने औल्याउँने गरेको नागरिकमा खबर छ ।

‘हिन्दुलाई धमाधम परिवर्तन गराइसकेको क्रिस्चियन धर्मबाट मुस्लिम कसरी जोगिएलान ?’ उनले भने ‘सिंगो मुस्लिमको रक्षाका लागि मैले मुख खोलेरै हिन्दु राष्ट्रको अभियान थालेको हुँ ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण