गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारभारतमा रेल दुर्घटना, २२ को मृत्यु।।

भारतमा रेल दुर्घटना, २२ को मृत्यु।।

August 5, 2015४६३ पटक

श्राबण २० गते ।।

भारतको मध्य प्रदेशस्थित हरदा जिल्लामा भएको रेल दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । कामायनी एक्सप्रेस र जनता एक्सप्रेसका केहि डिब्बा लिगबाट उछिट्टएर उक्त दुर्घटना भएको हो । अधिकारीहरुका अनुसार मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । भोपाल जिभिजनका जनसम्पर्क अधिकारी आईएस सिद्धिकीका अनुसार जनता एक्सप्रेसमा सवार यात्रुका १५ शव र कामायनी एक्सप्रेसमा सवार यात्रुका ७ वटा शव निकालिएको छ । उनका अनुसार दुई सयभन्दा बढी यात्रुहरुलाई सुरक्षितरुपमा बाहिर निकालिएको छ भने उद्धारका काम अझै जारी छ । नयाँ दिल्लीका रेल वे प्रवक्ता अनिल सक्सेनाका अनुसार रेलको लिग पानीमा डुबेकाले कामायनी रेलको डिब्बा लिगबाट उछिट्टीएको थियो । सोही समयमा जनता एक्सप्रेसको इन्जिन र डिब्बा पनि अर्को लिगबाट उछिट्टीएर दुर्घटना भएको थियो । भारतीय रेलमन्त्री सुरेश प्रभुका अनुसार रेल्वे प्रशासन र मध्य प्रदेश सरकार मिलेर यात्रुहरुको उद्धारको काम जारी राखिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण