गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारबेथितिको नमुना, नक्सा पास नगरी २४ तले भवन !

बेथितिको नमुना, नक्सा पास नगरी २४ तले भवन !

August 12, 2015३८९ पटक

२७ साउन, काठमाडौं । नब्बे प्रतिशतभन्दा बढी कानुनी मापदण्ड मिचेर घर ठडिएको सहरमा मापदण्ड मिचेका जति सबै घर भत्काउने ‘क्रान्तिकारी’ कुरा गर्दै थिए।

भुइँचालो गएपछि सञ्चारमाध्यममा अन्तरवार्ता दिन भ्याई-नभ्याई हुँदा महानगरका इन्जिनियर अब कुनै सम्झौता नहुने बताउँथे।कोही अब घरमा कैंची लगाएर आकाश सफा गर्ने गुड्डी हाँक्दै थिए। सबै घर भत्काउन/घटाउन सम्भव नहुने तर्क गर्दै कोही मापदण्डअनुरूप बनाउन दिनुपर्छ भन्थे।

महानगरपालिकाले तीन महिनामा भुइँचालोको कम्पन यसरी बिर्सियो, उसैको जग्गामा नक्सा पास नगरी २४ तले टावर बुधबार शिलान्यास गर्न तयारी गर्‍यो। उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले बिहान ८ बजे गर्ने शिलान्यासमा उपस्थित हुन निम्तो बाँड्यो।

सबै तयारी पूरा भएपछि अघिल्लो दिन कार्यक्रम स्थगित गर्‍यो। ‘शिलान्यास गरे पनि तत्काल निर्माण सुरु हुन्थेन,’ महानगरका प्रमुख कार्यकारी रुद्र पाख्रिनले भने, ‘अब शिलान्यास पनि स्थगित भयो।’ सबै प्रक्रिया पूरा भएपछि शिलान्यास र निर्माण कार्य सुरु हुने उनले जनाएको अन्नपूर्ण पोस्टमा खबर छ।

टावर निर्माणको जिम्मा पाएको जलेश्वर-स्वच्छन्द-बिजोई निर्माण कम्पनीले टावरको नक्सा दर्ता गरेको छ। महानगरले १५ दिने सूचना जारी गरेको तीन दिनमात्र भएको छ। यसबाहेक ठूलो निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण, सरोकारवाला निकाय (सुरक्षा, सहरी विकास आदि) को सहमति लिने काम पनि भएको छैन।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण