गृहपृष्ठ » अार्थिक, पत्रपत्रीका, मुख्य समाचारसुन आयातको कोटा बढ्यो

सुन आयातको कोटा बढ्यो

August 12, 2015४१८ पटक
काठमाडौं: नेपाल राष्ट्रबैंकले सुन आयातको कोटा पाँच किलोले बढाएको छ।
अहिले दैनिक १५ किलो सुन आयात गर्ने कोटा रहेकोमा राष्ट्रबैंकले त्यसलाई २० किलोमा पुर्‍याएको छ।
सुन सस्तो भएको तथा माग बढेकोले राष्ट्रबैंकले आयात गर्ने कोटाको सिमा बढाएको हो।
राष्ट्रबैंकले गरेको व्यवस्था अनुसार वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउँछन्।
वाणिज्य बैंकले पालो प्रणाली अनुसार सुन आयात गर्ने गरेका छन्।
राष्ट्रबैंकले बढाइएको सिमा असोज मसान्तसम्ममा मात्र लागु हुने जनाएको छ।
विगतमा पनि राष्ट्रबैंकले विवाहको सिजनमा सुन आयातको कोटा बढाउने गरेको थियो।

यसैबीच केही दिनयता स्थिर रहेको सुनको मुल्य मंगलवार प्रतितोला पाँचसयले बढेको छ।annapurnapost
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण