हाम्रो बारे
यो वेबसाइट उज्यालो लालटिन प्रतिष्ठानको आधिकारिक न्युज पोर्टल हो ।
“समाजको पारदर्शीता, साहित्य र पत्रकारीता भन्ने मुल नारा बोकेर देवदह नगरीमा केन्द्रिय कार्यलय रही सामाजिक रुपान्तरण, सभ्य समाज र आदर्श नागरिक निर्माणथ अहोरात्र लागिपरेको उज्यालो लाल्टिन प्रतिष्ठान ले हाल सम्म धेरै समाजिक कार्यहरुगर्दै आईरहेको छ । हाल कार्यालय रुपन्देहीको देवदह खैरेनीमा रहेको छ ।
फोन : 9857059271
यस अन्लाईनमा प्रकाशित भएका समाचार, लेख, रचन तथा कुनै पनि सामाग्री अनुमती बिना वा स्रोत नखुलाई अन्य पत्रपत्रीका, अन्लाईन, सामाजिक सञ्जाल वा अन्यत्र प्रकाशित गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Re-publishing or copy without permission or mention resource in to the other area are strictly prohibited.
© & Ⓟ All Right reserved www.ujyaalolalteen.com
संस्थाको परिचय :-
◙ पृष्ठभूमि :-
जुन सुकै कुरा सुरुवात हुनको लागि पहिला एक कारण हुन आवश्यक छ । यस्तैमा यो संस्था चार जना युवाहरु बसीरहदा देश विकासमा अवको लागि युवाहरुको भूमिका के रहन सक्छ ? विषयक छलफलमा एक युवाले भन्छ एउटा समूह बनाउ जसले हरेक पटक नयाँ कार्यक्रम गरोस र समाज र समाजमा रहेका मानिसहरुलाई प्रत्येक्ष फाईदा होस । अर्कोले भन्छ कसरी यो सबै हुन सक्छ ? यसैमा छलफल हुदै जाँदा चार जना युवाहरुले एउटा समूह वनाउछन्् र अब हामीले एउटा सामान्य कार्यक्रम गरौ जसबाट समाजमा केहि सहयोग होस । त्यसैमा साहित्यीक र सरसफाई कार्यक्रमबाट सुरु हुन्छ ।
रातो टिसर्टमा सजिएर उज्यालो छर्ने उद्देश्य सहित उज्यालो लाल्टिन नामाकरण गरी युवाहरुको समूह गठित हुन्छ जो हरेक क्षेत्रका मानिसहरु हुन्छन्् । विस्तारै एक पछि अर्को थपिदै गएर एक विशाल प्रतिष्ठान निर्माण भएको हुन्छ ।
उत्तरमा हरियाली चुरे पहाड र दक्षिणमा सुरम्य मैदानी भाग, पूर्वमा काख र पश्चिममा विश्व शान्तिका अग्रदुत गौतम वुद्धको जन्म स्थलको मध्य भागमा अवस्थित भगवान गौतम बुद्घको मावली समेत रहेको देवदह नगरी आर्थिक, सामाजिक, व्यापारिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । देवदह क्षेत्र नेपालको ऐतिहासिक क्षेत्र पनि हो ।
यही कुरालाई मध्य नजर गर्दै समाजमा रहेका बिकृति ,कुसंगतीलाई चिर्दै आदर्श नागरिक र सभ्य समाज निर्माणार्थ ’’साहित्य र पत्रकारीता, समाजको पारदर्शिता’’ भन्ने मुल नाराका साथ यस क्षेत्रका युवाहरुको पहलमा उज्यालो लाल्टिन प्रतिष्ठान, रुपन्देही नामक गैर नाफा मुखि संस्थाको स्थापना गरी समाजमा विभिन्न क्रियाकलाप गर्दै आइरहेका छौ । समाजमा भए गरेका विविध घटना र परिवेशलाई केलाउंदै सत्य, तथ्य र सन्तुलित ढंगले जति सक्दो छिटो समाजमा चेतना फैलाउनु यसको प्रमुख लक्ष्य तथा उद्देश्य रहने छ ।
विज्ञान र प्रविधिका अनेक आविष्कारसंगै संसार साघुरिंदै “ग्लोवल भिलेज” को रुपमा परिणत हुंदै गएको छ । विविध जातजाति र समुदायको बसोबास रहेको र पूर्वपश्चिम लोकमार्गको मध्य भागमा रहेर पनि यो क्षेत्र र यहाको समुदाय राष्ट्रिय राजनीतिको केन्द्र विन्दुमा आउन नसकेको यथार्थ कसैबाट लुकेको छैन । यसो हुनुको मुख्य कारण यस क्षेत्रको प्रचार–प्रसार सबैको पहुंच सजिलै नहुनु हो भन्ने हाम्रो ठम्याई रहेको छ ।
यसर्थ वर्तमान परिवेशमा युवाहरु कि त श्रमको निमित्त बैदेशिक रोजगारीको बाटो रोज्न बाध्य छन कि त लागु औषधको सिकार भएर आफ््नो जीवनलाई आफैंले नै अन्धकार तर्फ धकेलिरहेको अवस्थामा अपवादको रुपमा संगठित भएको युवाहरुले आर्थिक श्रोतको कमि हुँदा हुदै पनी बिभिन्न प्रकारका कार्यक्रमहरु गरीसकेको छौँ । सामाजिक चेतना वुद्धि गरी यहांका जनसमुदाय, सु–सुचित गर्नु हाम्रो प्रमुख कर्तव्य ठानेका छौं । सामाजिक चेतना बृद्धिको निम्ती हर प्रयास गर्ने विश्वास दिलाउंछौं ।
समाजका विविध क्षेत्र समस्याहरु पहिचान गरेर नितान्त युवाहरु मिलेरस्थापना गरिएको उज्यालो लाल्टिन प्रतिष्ठानबाट बिभिन्न कार्यक्रमहरु सञ्चालित भएका छन्् । यसले विषेश गरेर युवालाई लक्षित गरेर कार्यक्रमहरु सञ्चालित गरेका छ ।
यसको प्रधान कार्यालय देवदह–६ खैरेनीमा रहेको छ । सदैव जनसहभागिता मुलक कार्यक्रम गर्दै आइरहेको यस संस्थाले जनसवालका पक्षमा आफ्ना आवाजहरु बुलन्द गर्दै जाने कुरामा विश्वास दिलाउछौ । समय परीवर्तनशिल छ , तसर्थ हामी पनि समाज समक्ष परिवर्तनशिल कार्यक्रमहरु गर्ने गरेकै कारण पनि छिटो सर्वाधिक लोकप्रिय संस्था वन्न सकेका हौ भन्ने हाम्रो ठम्याई छ । के बच्चा के युवा र के बृद्व सवैका लागि लोकप्रिय कार्यक्रम गर्ने गरेकै कारणले होला हरेक कार्यक्रमहरुलाई समाजले मन पराएको छ ।
◙ सस्थाको परिचय :-
नेपालको मध्य भागमा रहेको गौतम बुद्धको पवित्र भूमि लुम्बिनी र दाउन्ने देवीको काखदेखि करीव ३५ किलो मिटर पश्चिममा पर्ने महामानव गौतम बुद्धको मावली थलो देवदहको नामले परिचित रुपन्देही जिल्ला अन्तर्गत सामाजिक बिकास एवं आदर्श नागरिक निर्माणार्थ समाजमा रहेका विसंगति अन्धविश्वास र कुरीतिलाई चिर्दै सबल र सक्षम समाज निर्माण गर्न सामाजिक रुपान्तरण, सभ्य समाज र आदर्श नागरिक निर्माणर्थ “समाजको पारदर्शीता, साहित्य र पत्रकारीता” भन्ने मुल नारा बोकेर २०७३÷०५÷०६ गते रुपन्देही जिल्ला प्रसासन कार्यालयमा, २०७४÷०१÷२८ गते समाजकल्याण परिषदमा दर्ता भई रुपन्देही जिल्लालाई कार्यक्षेत्र बनाई अहोरात्र लागिपरेको उज्यालो लाल्टिन प्रतिष्ठान रुपन्देहीको केनद्रीय कार्यालय देवदह खैरेनिमा अवस्थीत छ ।
◙ कार्य क्षेत्र :-
उज्यालो लाल्टिन प्रतिष्ठानको कार्यक्षेत्र रुपन्देही जिल्ला भएता पनी यसले देवदह नगरपालीकालाई केन्द्र बिन्दु बनाई काम गरीरहेको छ । निकट भबिष्यमा छिमेकी जिल्ला नवलपरासी ,कपिलबस्तुमा शाखा बिस्तार गरिने छ ।
◙ संस्थाको उद्देश्य :-
► यो संस्था मुनाफा रहित जनहितकारी सामाजिक संस्था रहने छ ।
► युवालाई कुलतबाट जोगाउन सामाजिक चेतना मुलक विविध कार्यक्रम गरी सबल सक्षम र उत्पादनमुलक जनशक्ती निर्माण गर्ने।
► विद्ममान समाजको स्वास्थ्य स्थितिमा अभिवृद्धि गर्ने आकस्मिक उपचारका निम्ति एम्बुलेन्स एवंम अन्य आवश्यक साधन जुटाइ सामाजिक स्वास्थ्य अवस्था सुधारी स्वस्थ समाज निर्माण गर्ने ।
► सरसफाई शैक्षिक र स्वास्थ्य सम्बन्धी तालिम र चेतनामुलक कार्यक्रम ल्याउने ।
► शिक्षा, स्वास्थ्य, कृषि र रोजगार सम्बन्धी कार्यक्रम ल्याउन वा प्रवाह गर्न तालिम अनुदान आदीका निम्ती सरकारी तथा गैरसरकरी सस्था संघ सहकार्य गर्नेछ ।
► समाजमा हुने प्रचलित कानुन बिपरितका जुनसुकै क्रियाकलाप निरुत्साहित गर्न सम्बन्धित निकायबाट सतर्क गराउने ।
► स्थानिय निकायबाट सञ्चालन हुने सामाजिक सेवा मुलक कार्यमा सहभागी भइ पूर्ण सहयोग गरी प्रभावकारी बनाउन मद्दत गर्ने ।
► नेपाली साहित्य क्षेत्रको बिकास गर्न उल्लेखनिय सहयोग गर्ने ।
► सास्कृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदाहरुको संरक्षण ।
► मौलिक संस्कृतीको जर्गेना ।
► नारी हक हित र अधिकारलाई सुनिश्चित गर्न पहल गर्ने ।
► अन्य आवश्यक कार्यक्रम गर्ने ।
►संस्थाले हाल सम्म गरेका कार्यक्रमहरु :-