गृहपृष्ठ » मुख्य समाचारआगागागीवाट ३२ भेडाहरु जले

आगागागीवाट ३२ भेडाहरु जले

May 10, 2016८२ पटक

बागलुङ÷२८ वैशाख

बागलुङको अमरभुमिमा मंगलवार विहान आगालागी हुँदा गोठ पुर्ण रुपमा क्षति हुनुका साथै वस्तुभाउ तथा मानिस समेत घाइते भएका छन् । गाविसको वडा नं १ चगाडीका काजीमान घर्तिको गोठमा आगालागी हुँदा घर्तिका दम्पती घाइते भएका छन् । विहान करिव साढे ४ वजे भैसीलाई कुँडो पकाउँदै गर्दा एक्कासी आगो सल्किदा घर्ति र उनका श्रीमती तिलकुमारी घर्ति घाइते भएका हुन् । नेपाली कांग्रेस अमरभुमिका सभापति समेत रहनुभएका घर्तिका दम्पतीलार्ई धौलागिरी अञ्चलमा उपचार भइरहेको धौलागिरी अञ्चल अस्पतालले जनाएको छ । उनीहरुको अनुहार र हातमा पोलेको अस्पतालले जनाएको छ । आगालागीमै परि घर्तिको २ भैसी र ३२ ओटा भेडाहरुको जलेर मृत्यु भएको छ । लामो समयदेखि भेडा पालन गर्दै आएका घर्तिको आगोलागिवाट १८ ओटा भेडा र १४ पाठा गरी सवै जलेर मृत्यु भएको पिडित घर्तिको भनाई छ । उनका अनुसार आगालागीवाट ८ लाख भन्दा वढिको क्षति पुगेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण