गृहपृष्ठ » साहित्यअध्यात्म र साहित्य बिमर्श कार्यक्रमको तयारी तिब्र

अध्यात्म र साहित्य बिमर्श कार्यक्रमको तयारी तिब्र

May 11, 2016२१५ पटक

सोतन्त्र नेपाल

बुटवल वैशाख २९ । अनुराग साहित्य समाज देवदह रुपन्देहीले यही जेष्ठ १ गते गर्ने अध्यात्म र साहित्य बिमर्श कार्यक्रम तथा अनुरागको साहित्य मासिक शृङ्खला–१५ को कार्यक्रमको तयारी तिब्र पारिएको छ । अनुरागको आयोजना तथा देवदह नगरपालिकाको सह–आयोजनमा नगरपालिकाको सभाह शित्तलनगरमा हुने उक्त कार्यक्रममा अध्यात्म चिन्तक श्री चैतन्य कृष्ण ज्युको प्रमुख आथीत्यतता रहने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रम सम्पन्न गर्न अनुरागले विभिन्न उपसमिति निर्माण गरी कामलाई तिब्र बनाएको छ । जस अन्तर्गत निर्मल ढुङ्गानाको संयोजकत्वमा ब्याच ब्यानर निर्माण उपसमिति, अमृत लम्सालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, कमला अर्यालको संयोजकत्वमा पत्राचार उपसमिति, सरस्वती बस्यालको संयोजकत्वमा अतिथी स्वागत सत्कार उपसमिति, मुकेश ज्ञवालीको संयोजकत्वमा साउण्ड सिस्टम व्यवस्थापन उपसमिति, राजकिरण अर्यालको संयोजकत्वमा खाजा व्यवस्थापन उपसमिति, शिवप्रसाद काफलेको संयोजकत्वमा मायाको चिनो व्यवस्थापन उपसमिति र समिन गैरेको संयोजकत्वमा हल व्यवस्थापन उपसमिति निर्माण गरेको आयोजकले जनाएको छ । साहित्यले समाज परिवर्तन र आध्यातमले बिचारमा परिवर्तन ल्याउन सकिने हुँदा यस्तो खालको कार्यक्रम आयोजना गरिएको सह–आयोजक संस्था देवदह नगरपालिककाका कार्यकारी अधिकृत गणेशप्रसाद घिमिरेले बताउनु भयो ।

13184736_10207589950724069_809057921_oत्यस्तै जेठ १ गते ७ बजेबाट सञ्चाल हुने उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानिय स्तरका साहित्यकारहरुको प्रस्तुती रहने छ अनुराग आयोजक संस्था अनुरागका अध्यक्ष निर्मल ढुङ्गानाले बताउनु भयो । कार्यक्रममा देव्दहका बिद्यालय, संघ, सस्था, राजनीतिक ब्यतित्व एवम आम जन समुदयाको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रमको प्रवद्र्धकको रुपमा युगिन साहित्य समाज देवदह, मिडीया पार्टनरका रुपमा रेडियो देवदह, कञ्चन दर्पण साप्ताहिक, देवदह साप्ताहिक र अनलाईन मिडीया पार्टनरको रुपमा अनलाई देवदह, नागरिक आवाज र उज्यालो लाल्टीन रहेका छन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण