गृहपृष्ठ » मुख्य समाचारराजपुर र कोइलाबासमा जिविसको अनुगमन

राजपुर र कोइलाबासमा जिविसको अनुगमन

May 11, 2016५८ पटक

बेगम महरा  २९ बैशाख देउखुरि

जिल्ला विकास समिति र गाउँ परिषद्बाट पारित भएका योजनाहरु सम्पन्न भए नभएको विषयमा जिविस दाङको सुझाव संकलन तथा अनुगमन टोलीले बुधबार कोइलाबास र राजपुरमा पुगी स्थानीय जनताका सुझाव संकलन सहित योजनाको अनुगमन गरेको छ । दाङका स्थानीय विकास अधिकारी रमेश गौतम र एकिकृत माओवादी दाङका उपाध्यक्ष एवम् देउखुरी क्षेत्र अनुगमन संयोजक निर्मल आचार्यको नेतृत्वमा त्याहाँ पुगेको टोलीले स्थानीय तहमा विकास निर्माणका लागि गाविस र जिविसबाट छुट भएका योजनाको जनताबाट सुझाब संकलन गरेको हो । अनुगमनको क्रममा कोइलाबास गाविसमा स्थानीय राजनैतिक दलका नेताहरुले विकास बजेटको सहि सदुपयोग नगरेको जनगुनासो आएको टोलीले बताएको छ । स्थानीयहरुले कोइलाबासमा खानेपानीको दिर्घकालिन समाधान, कोइलाबास खोलामा पानीको सतह माथि ल्याउन चेक ड्याम निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । सो क्रममा लमही कोइलाबास सडक कालोपत्रे एकादेशको दन्ते कथा भएको जनताले गुनासो गरेका थिए । टोलीमा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक कुमार यादव, राष्ट्रिय जनमुक्ति पाटिका जिल्ला ईन्चार्ज ठाकुर रोका, फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष बिन्तिराम यादव, थारुहटका जिल्ला अध्यक्ष श्याम किशोर चौधरी र जिविसका सुरेश पौडेल एवम् पत्रकारहरु रहेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण