गृहपृष्ठ » समचार, स्वास्थ्यबैंक सञ्चालन गर्न अन्र्तक्रिया

बैंक सञ्चालन गर्न अन्र्तक्रिया

May 12, 2016१५२ पटक

शशिधर भण्डारी
 प्यूठान बैशाख ३० ।  जिल्ला अस्पतालका विरामीहरुलाई ब्लडको अभावबाट मर्न नदिन ब्लड बैंक सञ्चालन गरिने भएको छ । जिल्ला अस्पतालको भवनबाट आकस्मिक सेवा दिँदै आइरहेको नेपाल रेडक्रस सोसाइर्टी जिल्ला शाखा प्यूठानको रक्तसञ्चार कक्षलाई ब्लड बैंकको रुपमा सञ्चालन गरिने भएको हो ।
blood
रक्त सञ्चार सेवाको स्वर्ण जयन्ती बर्षको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानले बुधवार जिल्ला स्वास्थ्य कार्यालयको सभाहलमा भएकोे जिल्लाका सरोकारवालाहरु विचको अन्र्तक्रिया कार्यक्रमबाट रक्त सञ्चार सेवा दिँदै आएको ठाउमा जेष्ठ दाश्रो हप्ता देखि बैंक सञ्चालन तथा रेडक्रस विजुवार उपशाखाको जग्गामा ब्लड बैंक सेवाका लागि भवन निर्माण गर्ने निर्णय गरेका हुन् । जिल्ला अस्पतालमा स्वास्थ्य सेवाको स्तर बढ्दै गएको र त्यससंगै रक्तदानको पर्याप्त आपूर्ति हुन नसकेकाले अवका दिनमा ब्लड बैंक स्थापनामा सबै सरोकारवालाहरुको ध्यान जान रेडक्रस जिल्ला शाखाका सभापति गुमानराज पुलामीले आग्रह गर्नु भयो ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ, स्थानिय विकास अधिकारी शिव प्रसाद रेग्मि, राजनैतिक दल, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी लगायत विभिन्न सरोकारवाला निकायको प्रतिनिधित्वमा रहेको कार्यक्रममा सबै सहभागीहरु ब्लड बैंक सञ्चालनका लागि पर्ने प्रतिबद्धता समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण