गृहपृष्ठ » मुख्य समाचारक्याम्पस संचालन गर्न महोत्सव संचालन हुंदै ।।

क्याम्पस संचालन गर्न महोत्सव संचालन हुंदै ।।

May 12, 2016७७ पटक

राघबेन्द्र चौबे,३० बैशाख कपिलबस्तु, शैक्षिक क्षेत्रमा पिछडिएको कपिलवस्तुको क्षेत्र नम्बर २ को पकडी गाबिसमा स्नातकोत्तर क्याम्पस संचालन गर्न प्रथम बुद्धदर्शन कृषि तथा सांस्कृतिक पर्यटन महोत्सव आज देखि सुरु हुदै छ । छत्रपाली तिर्थादेबी उमाबिमा स्नातकोत्तर क्याम्पस संचालन गर्ने उदेश्यले यही बैशाख ३० देखि जेठ १० गते सम्म महोत्सव संचालन गर्न लागिएको हो । महोत्सवको आयोजक समेत सोही बिद्यालयलाई बनाईएको महोत्सव मुल आयोजक समारोह समितीका संयोजक मधुसुदनशरण चौधरीले बताउनुभयो । महोत्सवबाट हुने आम्दानीले क्याम्पस संचालनका लागि पुर्वाधारहरु निर्माण गरिने उहाले बताउनुभयो । महोत्सव सहीत बिद्यालयमा क्याम्पस चलाउनका लागि यसै क्षेत्रका सभासद अतहर कमालले ७ लाख रुपैया दिने प्रतिबद्धता जनाएको संयोजक चौधरीले बताउनुभयो । महोत्सवमा कृषि, सांस्कृतिक, पर्यटन प्रबद्र्धनका बिभिन्न स्टलहरु निर्माण गरिने आयोजक समितिका सचिव दिपक पाण्डेयले बताउनुभयो । महोत्सवको प्रमुख संरक्षकको रुपमा प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरे रहेको आयोजकले जनाएको छ । रुपन्देही नवलपरासी र कपिलवस्तुमा रहेको बुद्ध स्थलहरुको झल्को दिने बुद्ध परिपथ महोत्सवको प्रमुख आकषर्ण केन्द्र रहेको आयोजकको भनाइ छ । भारत, नेपाल र स्थानीय कलाकारहरु आउने बताईएको छ । महोत्सवमा ढेड सय बढी स्टलहरु रहने तथा एक लाख दर्शकहरुले अवलोकन गरी २ करोड बढीको कारोवार हुने आयोजकको अनुमान छ । महोत्सवको उद्घाटन संसद अतहर कमालले गर्न हुने बताईएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण