संविधानसभाको बैठक बस्दै, मस्यौदा पारित गरिने ।।
२७,साउन
संविधानसभामा पेश भएको संविधानसभामा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदनमाथि आज पनि छलफल जारी रहने भएको छ । हिजोदेखि सुरु भएको छलफलमा सभासदहरुले आफ्ना भनाइहरु राख्ने छन् । आज सभासदहरुले भनाई राखिसकेपछि समितिका सभापति बाबुराम भट्राईले त्यसको जवाफ दिने र पारित गरेर मस्यौदा समितिमा पठाइनेछ । संविधानसभाको बैठक बिहान ९ बजे बोलाइएको छ । प्रतिवेदनमाथि छलफल गर्दै सभासदहरुले सीमाङ्कनको त्रुटि सच्याउन आग्रह गरेका छन् । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन सकिएपछि मधेसवादी दलले भने बैठक बहिस्कार गरेर बाहिरिएका हुन् । संवाद समितिको प्रतिवेदनको बारेमा आज एकसय १३ जना सभासदले आफ्नो भनाइ राखेका थिए ।