गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारडा गोविन्द केसी आजदेखि आमरण अनसनमा बस्ने ।।

डा गोविन्द केसी आजदेखि आमरण अनसनमा बस्ने ।।

August 12, 2015२४९ पटक

२७ साउन,
चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आन्दोलन गरिरहनु भएका बरिष्ठ चिकित्सक गोविन्द केसी आजदेखि आमरण अनसनमा बस्दै हुनुहुन्छ । सरकारले माग सम्बोधन नगरेको उल्लेख गर्दै डाक्टर केसी आजदेखि आमरण अनशन बस्न लाग्नु भएको हो । आज दिउँसो दिउँसो चार बजेदेखि अनशन सुरु गर्ने कार्यक्रम रहेको छ । केदारभक्त माथेमा आयोगको प्रतिवेदन कार्यान्वयनको माग र यसअघिका सबै सम्झौता कार्यान्वयन गर्न माग गर्दै उहाँ फेरि आमरण अनसनमा बस्न लाग्नु भएको हो । डाक्टर केसी छैटौं पटक आमरण अनशनमा बस्न लाग्नु भएको हो । त्रिविसहित सबै विश्वविद्यालय र प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त गर्दा दलीय भागबन्डा नभई वरिष्ठता र कार्य दक्षताका आधारमा नियुक्त गर्न तत्काल उच्चस्तरीय आयोग गठन गरेर प्रक्रिया अघि बढाउनुपर्ने केसीको माग छ । मेडिकल कलेज सम्बन्धन र सिट प्रकरणमा अनियमिततामा मुछिएका विश्वविद्यालय र काउन्सिलका पदाधिकारीहरूमाथि छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले म्याद गुज्रिँदासमेत प्रतिवेदन नबुझाएकाले सतही र हचुवा छानबिन नभई तत्काल गम्भीर छानबिनको थालनी हुनुपर्ने मागसमेत केसीको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण