अन्तर्राष्ट्रिय युवा दिवस मनाईंदै ।।
२७ साउन,
अन्तर्राष्ट्रिय युवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । आज युवा दिवसका अवसरमा बिहानै काठमाण्डुमा ¥याली निकालिएको छ । सन् २००० देखि अगष्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस शुरु गरिए पनि नेपालमा भने सन् २००४ देखि मात्रै यो दिवस मनाउन थालिएको हो । नेपालको कूल जनसंख्याको १६ देखि ४० वर्ष उमेर समूहका ४० दशमलव ३४ प्रतिशत युवा रहेका छन् । आज दिउँसो युवा दिवसको अवसरमा काठमाण्डुमा विशेष कार्यक्रम पनि गरिदैछ ।