सुदूरपश्चिम बन्दको सातौं दिन, जनजीवन कष्कटकर ।।
२७ साउन, कैलाली
सुदुरपश्चिम बन्दको आज सातांै दिन, जनजिवन थप कष्टकर बन्दै गएको छ । अखण्ड सुदुरपश्चिम, हिन्दु राष्ट्र नेपाल हुँदै थरुहट÷थारुवान प्रदेशको माग गर्दै आमहड्ताल निरन्तर लम्बिंदै गएको छ । बन्दका कारण सात दिनदेखि नै यस क्षेत्रका शैक्षिक संस्थाहरु, सरकारी कार्यालय, वित्तिय संघ संस्था, गैरसरकारी संघसंस्था, उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय, यातायात सबै ठप्प रहेका छन् । यसैबीच ६ प्रदेशको सीमांकनमा कैलाली र कञ्चनपुरलाई सुदुरपश्चिममा गाभेको भन्दै थरुहट÷थारुवान पक्षधरहरुले कैलाली÷कञ्चनपुरमा अनिश्चतकालिन आमहड्तालको आव्हान गरेका छन् । कञ्चनपुरदेखि नवलपरासीसम्मको भुःभागलाई मिलाएर थरुहट प्रदेश बनाइनुपर्ने थरुहट÷थारुवान पक्षधरहरुले माग गदै आएका छन् ।