गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारसुर्खेत आज पनि बन्द ।।

सुर्खेत आज पनि बन्द ।।

August 12, 2015२७१ पटक

२७ साउन, सुर्खेत
अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानी सुर्खेतको माग गर्दै आन्दोलनमा उत्रिएका जाजरकोटबासीले मंगलबार झै आज पनि जाजरकोट बन्द गराएका छन । बन्दका कारण सर्वसाधारणको जनजीवन निकै कष्टकर भएको छ । बन्दका कारण जिल्लाको पुरै यातायात, कलकारखाना, उद्योग र व्यापारलगायत शिक्षण सस्थाहरु पुरै ठप्प भएका छन् । स्थानीयलाई दैनिक उपभोग्य सामाग्रीको जोहो गर्नसमेत हैरानी परेको छ । अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानी सुर्खेत नभएसम्म आफुह?को आन्दोलन नरोकिने उनीहरुको माग रहेको छ । प्रदर्शनकाले आफना माग पुरा नभए सम्म जिल्ला नफर्कन सभासदलाई चेतावनी दिएका छन् । उत्तरदक्षिण भूगोलको उचित व्यवस्थापन रहेको मध्यपश्चिम टुक्रिन नहुने आफुहरुको माग रहेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले वताउनु भयो । आज पनि नागरिक सघर्ष समितिले जिल्ला बन्दको घोषणा गरेको छ । आज पनि यातायातका साधन, शिक्षण संस्था कलकारकारण, उद्योग होटल पसलहरु बन्द रहेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण