गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारसल्यानमा तेश्रो दिन पनि बन्द ।।

सल्यानमा तेश्रो दिन पनि बन्द ।।

August 12, 2015२३२ पटक

२७ साउन,सल्यान
राप्तीलाई टुक्राएको र सल्यानलाई प्रदेश नम्बर ६ मा राखिएको विरोधमा गरिएको सर्वदलिय÷सर्वपक्षिय आमहड्तालको तेश्रो दिन पनि सल्यान ठप्प छ । प्रमुख दलहरुले सुझावको आधारमा सिमांकनको निर्णय सच्याउने प्रतिबद्धता जनाएर आन्दोलन रोक्न आग्रह गरेपनि माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने भन्दै सल्यानमा आमहड्ताल जारि छ । आजको आन्दोलनको अगुवाइ ए माओवादिले गरेको छ । जिल्लाका सम्पूर्ण बजार, कलकारखाना, शैक्षिक संस्था र यातायात सेवा विहानैदेखि बन्द छन् । आज देखि झन आन्दोलन सशक्त र कडा पारिने जिल्लाका नेताहरुले बताएका छन् । सल्यान क्षेत्र नम्बर २ का सभासद् प्रकाश ज्वालाले संयमित र मर्यादित भएर आन्दोलन गर्न जिल्लावासि र जिल्लामा क्रियाशिल राजनीतीक दलहरुलाइ आग्रह गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण