जाजरकोटमा वर्षाले खसीबाख्रा बगायो ।।
२७ साउन, जाजरकोट
जाजरकोट जिल्लाका विभिन्न गाविसमा सोमबार राती परेको वर्षा र हावाहुरीले मकै बालीमा ठुलो क्षति पु¥याएको छ भने पैक गर्खाकोट, पजारु अर्छानी टालेगाउँ, ढिमेलगाएत गाविसका विभिन्न वडाहरुमा पहिरोले स्थाथनीयको बर्खे बाली तथा गाइवस्तु बगाएको छ । ती क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण भने टेलिफोन अवरुद्ध भएका कारण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा ४० भन्दा वढि खसी, बाख्रा र बोका रहेको खोर पहिरोले बगाएको स्थानीय सरस्वती विष्टले जानकारी दिनुभयो ।