गृहपृष्ठ » मुख्य समाचार, समचारबलात्कारका घटना बढ्यो

बलात्कारका घटना बढ्यो

August 12, 2015१८८ पटक

२७, साउन

सिन्धुलीमा पछिल्लो समय बलात्कारका घटना बढ्न थालेका छन् ।
पछिल्लो वर्षका अध्ययन अनुसार बलात्कारका घटना बढ्दो क्रममा रहेको देखाएको छ । विविध कारणले महिला तथा कम उमेरका बालिकामाथि हुने बलात्कारका घटनामा वृद्धि भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार २०६७ सालदेखि पछिल्लो पाँच वर्षयता जिल्लामा ५९ वटा बलात्कार र सो उद्योगसम्बन्धी घटना दर्ता भएका छन्
आर्थिक वर्ष २०६७÷६८ मा आठ, २०६८÷६९ मा सात, २०६९÷७० मा पाँच र २०७०÷७१ मा बढेर १८ बलात्कारसम्बन्धी मुद्दा जिल्ला प्रहरीमा दर्ता भएका थिए आव २०७१÷७२ मा १३ वटा बलात्कार उद्योगका मुद्दा दर्ता भएका थिए भने चालु आवको साउनमा दुईवटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापाले प्रहरीमा दर्ता भएका घटनामध्ये बलात्कारमा ४३ र १६ वटा बलात्कार उद्योगसम्बन्धी रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण