आन्दोलनहरुलाई साम्य पार्न आज पनि छलफल गर्ने
२७ साउन, काठमाण्डौ
सिमांकनको प्रस्ताव प्रति असन्तुष्टी जनाउदै देशभरका विभिन्न ठाउमा भएका आन्दोलनहरुलाई साम्य पार्न प्रमुख दलका शिर्ष नेताहरुले आज पनि छलफल गर्ने भएका छन ।
अहिले केहीवेरपछि संविधान सभा भवन नयाँ बानेश्वरमा शिर्ष नेताहरुको बैठक बस्न लागेको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।
बैठकमा संघीय प्रदेशहरुको सिमांकनपछि उत्पन्न विवादलाई न्युनिकरण गर्ने विषयमा नेताहरुले छलफल गर्ने भएका छन् ।
साथै संविधान सभा बैठकमा सभासद्हरुले उठाएका विषयबस्तुहरुका बारेमा पनि नेताहरुले छलफल गर्ने तयारी गरेका हुन ।