दलित समुदायको पेशा संकटमा ।।
पर्बत श्राबण २० गते ।।
जिल्लाको शालिग्राम गाविसमा परम्परागतरुपमा आरन पेशा गर्दै आएका दलित समुदायका व्याक्तिहरु पलायन हुँदै गएका छन् । बालीघरे प्रथामा आधारित पेशा मंहगीले खर्च धान्न नसक्ने भन्दै पेशा नै छोड्न थालेका हुन् । समाजमा आरनलाई अमर्यादित दृष्टिले हेर्दा पनि लोप हुँदै गएको व्यवसायी जोगविर विकले बताउनुभयो । कतिपय व्यवसायीहरुले बैकल्पिक पेशाको खोजी गर्न थालिसकेका छन् । तर केहि सिमिति पाकापुस्ताहरु आफ्नो परम्परागत पेशा टिकाइ राख्नुपर्ने भन्दै बालीघरे प्रथामै काम गरिरहेका छन् । १० बर्ष अगाडी आरने गाउँको नामले चिनिने शालीग्राममा अहिले आरन खोज्नुपर्ने अवस्था आएको छ । परिश्रम अनुसारको ज्याला नपाएकै कारण पेशा छोड्ने सोच रहेको अर्का आरन व्यवसायी दलजित विकले बताउनुभयो । पर्वतको शालिग्राम गाविसमा करीब ३ सय घरधुरी दलित परिवार रहेका छन् । विगतमा २ दर्जनभन्दा बढी घरपरिवारको मुख्य आयश्रोतको रुपमा आरन व्यवसाय रहे पनि हिजोआज ४÷५ घरमा मात्र आरन छ । आरन पेशा संकटमा पर्दा गाउँमा हँसिया, खुकुरी, कोदालोजस्ता सामान बनाउन समस्या भएको छ ।