नवलपरासीको बन्द हड्तालमा बालबालिकाको प्रयोग बन्द गर्न आग्रह ।।
२७ साउन, नवलपरासी
संघियता सहितको सिमांकन गरिएको संविधानको पछिल्लो मस्यौदाको विरोधमा बालबालिकाको प्रयोग भएकोमा जिल्ला बाल कल्याण समिति नवलपरासीले गम्भिर ध्यानाकर्षण गराएको छ । केहि दिन यता नवलपरासीमा भैरहेको विरोध कार्यक्रममा बालबालिकाको प्रयोग भएको पाइएपछि समितीले ध्यानाकर्षण गराएको हो । स्वतः स्फूर्त बालबालिका सहभागि भएको भन्दै बन्द हड्ताल जुलुस नाराबाजी कार्यक्रममा सहभागी गराउनु कानुन, सिद्धान्त र बालबालिका शान्ति क्षेत्र, बालमैत्री अवधारणाको विपरित रहेको आज जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।