तिन दिन देखि नवलपरासी बन्द, अखण्ड नवलपरासी नभए सम्म आन्दोलन फिर्ता नहुने ।।
२७ साउन,
अखण्ड नवलपरासीको माग गर्दै गरिएको बन्दका कारण आज तेस्रो दिन पनि नवलपरासीको जनजिवन प्रभावित भएको छ । संघिय प्रदेशको सिमांकन गर्दा नवलपरासी जिल्लालाई दुई प्रदेशमा राखिएको विरोधमा नागरिक संघर्ष समिति, नागरिक समाज तथा महिला दवाव समुहको अगुवाईमा जिल्लावासीहरु आन्दोलनमा उत्रिएका हुन् । नवलपरासीको त्रिवेणी सुस्ता, रुपौलिया सहित दाउन्ने पुर्वको भाग प्रस्तावित प्रदेश नं. ४ र दाउन्ने पश्चिम सदरमुकाम क्षेत्रलाई प्रस्तावित प्रदेश नं. ५ मा समावेश गरिएको छ । दाउन्ने पश्चिमका नागरिकहरुले जुन प्रदेशमा राखेपनि नवलपरासीलाई टुक्राउन पाईदैँन भन्दै तिन दिन देखि आन्दोलन गरेका हुन् ।