गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारबन्दले बर्दियाको जनजिवन प्रभावित ।।

बन्दले बर्दियाको जनजिवन प्रभावित ।।

August 12, 2015५३८ पटक

२७ साउन,
थरुहट स्वायत्त प्रदेश बनाउनु पर्ने माग राखि गरिएको अनिश्चितकालिन बन्दले बर्दियाको जनजिवन आज पनि प्रभावित बनेको छ । बन्दले गर्दा गुलरियाबाट छुट्ने लामो तथा छोटो दुरिका सवारी साधनहरु चल्न सकेका छैनन भने बजार पनि ठप्प रहेका छन् । थारु कल्याणकारीणी सभा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, थरुहट तराई पार्टी नेपाल, बरघर महासंघ, नगर बरघर गुलरिया, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक र थारु बिद्यार्थी परिवारले संयूक्त रुपमा बन्दको आह्वान गरेका हुन । बन्दका कारण दैनिक मजदुरी गरि खाने मजदुरहरुलाई भने समस्या परेको छ । बन्द साँझ ५ बजेबाट बिहान ५ बजे सम्म खुल्ने भएकोले सर्वसाधरणले दैनिक उपभोग्य बस्तुको अभाब भने भोग्नुपरेको छैन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण