गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसम्वाद समितिको प्रतिवेदन पारित, मस्यौदा समितिलाई ५ दिनको समय ।।

सम्वाद समितिको प्रतिवेदन पारित, मस्यौदा समितिलाई ५ दिनको समय ।।

August 12, 2015२३२ पटक

२७ साउन, काठमाण्डौ ।।
संविधानसभाले संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदन मस्यौंदा समितिमा पठाएको छ । आज बसेको संविधानसभा बैठकको बहुमतले पारित गर्दै प्रतिवेदनलाई अन्तिम रुप दिन मस्यांैदा समितिमा पठाएको हो । मस्यौंदा समितिले ५ दिन भित्र संविधानको अन्तिम मस्यांैदा तयार पार्ने जिम्मा पाएको छ । प्रतिवेदन पारित हुनै लाग्दा नेमकिपाका सभासद सुनिल प्रजापतिले नियमापति जनाउदै सिमाङ्कनको विषय सम्वाद समितिमा नै फिर्ता पठाउन माग गर्नुभएको थियो । सम्वाद समितिको प्रतिवेदनमाथी हिजो र आज गरेर १ सय ४१ जना सभासदले आफ्नो धारणा राखेका थिए । छलफलमा सहभागी अधिकांश सभासदले सिमाङकनलाई पुर्नविचार गर्नुपर्ने धारणा राखेका थिए । छलफलका क्रममा उठेको विषयलाई सम्बोधन गर्दै सम्वाद समितिका सभापति बाबुराम भट्राईले राजनीतिक शक्ति सन्तुलन अनुसार संविधान बन्न लागेकाले भने जस्तो भने हुन नसकेको स्वीकार गर्नुभयो । अत्याधिक उठेका थारु, मगर र मध्यपश्चिमका बिषयमा पुर्नविचार गर्न सकिने भएकाले संयमित भएर संविधान निर्माणको काममा सबैले सघाउनुपर्नेमा उहाँको जोड थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण