गृहपृष्ठ » बिचार/ब्लग, मुख्य समाचारमातेर सर्वसाधरण कुट्ने पुलिस निलम्वित

मातेर सर्वसाधरण कुट्ने पुलिस निलम्वित

August 5, 2015४६७ पटक

रौतहट : रौतहटको हजमिनिया गाविसमा मादक पदार्थ सेवन गरी स्थानीय सर्वसाधारणलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका दुई सुरक्षाकर्मीलाई निलम्बन गरिएको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुर दरबन्दी भएका प्रहरी जवान सर्वजित सिंह राजपुत र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (विओपी) औरैया, रौतहटमा कार्यरत सशस्त्र प्रहरी अमरजित सिंह राजपुतलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनीहरुले केही दिनअघि मादक पदार्थ सेवन गरी हजमिनिया-८ बस्ने ४५ वर्षीय बलदेव साह कानू, रामनाथ साह कानू, गीता देवी, शोभा देवी र अमोद साह कानूलाई गालीगलौज गर्दै  कुटपिट गरी अमर्यादित व्यवहार गरेका थिए ।

पक्राउ परेका दुवै जनामाथि सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ । रासस –

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण