अरुले लगाएको आगो एमालेले दमकल बनेर निभाउनु पर्छ : ओली
काठमाडौं, साउन २७ – नेकपा एमालेले संविधानमा सबैका भावना जस्ताको तस्तै समेट्न नसकिने जनाएको छ ।
आफनो पार्टीका जनजाति मधेशी तथा थारु समुदायका सभासदसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भिन्न प्रकृतिका माग पुरा गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो ‘कसैले खेत रोप्न पानी पारिदिन र कसैले बिस्कुन सुकाउन घाम लगाइदिन आग्रह गरेजस्तै माग नागरिकले गरिरहेकाले त्यो कसरि पूरा गर्न सकिन्छ ?’
संविधानसभा भवन नयाँबानेश्वरमा भएको कार्यक्रममा अध्यक्ष ओली र नेता माधवकुमार नेपालले थारु, जनजाति र मधेशी सभासदलाई सिमांकनविरुद्धको आन्दोलनमा नजान बरु आन्दोलन साम्य पार्न भूमिका खेल्न निर्देशन दिनुभएको थियो ।
छलफलमा एमाले अध्यक्ष ओलीले अरुले आगो लगाए एमालेले दमकल भएर त्यसलाई निभाउनुपर्ने बताउनुभयोे । एमालेले पार्टीको अडान र परिमाजर्न गर्न सकिने संभावनाबारे सभासदको रायसमेत लिएको छ ।
नेता माधवकुमार नेपालले पनि सीमाङ्कनबारे बिभिन्न ठाउँमा भइरहेको आन्दोलन मत्थर पार्न आफ्ना सभासदलाई आग्रह गर्नुभएको थियो । ujyaalo