गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारअनलाईन क्यासिनोमा जुवा खेल्छन् नेपाली

अनलाईन क्यासिनोमा जुवा खेल्छन् नेपाली

August 13, 2015२८० पटक

casino-1_20120113114040काठमाडौं,२८ साउन – कुनै वेला नेपालमा १० वटा क्यासिनो सञ्चालनमा थिए, अहिले आठवटा बन्द छन् । सञ्चालनमा रहेका दुईवटामा नेपालीलाई प्रवेश निषेध छ ।

तर, ढुक्कका साथ क्यासिनोका पारखीलाई विदेशी क्यासिनोले अनलाइन सेवा दिइरहेका छन् । विदेशी क्यासिनोले नेपालमा एजेन्ट नै राखेर अनलाइनमार्फत जुवा खेलाइरहेका छन् । चार मुलुकका दर्जनभन्दा बढी अनलाइन क्यासिनोले पैसा लिने र दिने गरी नेपालमा एजेन्ट राखेका छन् ।

नेपालमा सिंगापुर, श्रीलंका, दुबई र भारतको सिक्किमका अनलाइन क्यासिनोका एजेन्ट सक्रिय रहेको यसमा संलग्नहरू बताउँछन् ।
सबैभन्दा धेरै नेपाली श्रीलंकाको बिबिएम अनलाइन क्यासिनोमा जुवा खेलिरहेका छन् । यसका एजेन्ट पनि तीनजना परिवर्तन भइसकेका छन् ।
श्रीलंकाकै बालिज कोलम्बो र क्यासिनो मरिनाले पनि नेपालीलाई जुवा खेलाइरहेका छन् । त्यस्तै सिंगापुरको क्यासिनो मिदास, स्लटोक्यास क्यासिनो, सिक्किमको क्यासिनो अनलाइन, स्पोर्टस् बिडिङ, प्लाटिनम प्ले, दुबईको स्पिन प्यालेस क्यासिनो, रुबी फरटुयुन क्यासिनो, रोयल भेगास क्यासिनोमा नेपालीले जुवा खेलिरहेका छन् ।
नयाँपत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण