अखण्ड पश्चिम क्षेत्र नं ३ हुनुपर्छ,बुर्तिबाङ बासी ।
सागर भण्डारी
बुर्तिबाङ,श्रावण २७
बागलुङ पूर्वी क्षेत्रलाई ४ नं. प्रदेश र पश्चिम क्षेत्रलाई ५ नं. प्रदेशमा राखिएको निर्णयप्रति सहमत जनाउँदै अधिकांश वक्ताहरुले बरु अखण्ड वागलुङ नभई अखण्ड पश्चिम क्षेत्र नं. ३ हुनु पर्ने माग गरेका छन् ।
चारदलका शीर्ष नेताहरुले श्रावण २३ गते मध्ये रातमा गरेका प्रदेश विभाजनको सिमाङ्कनमा बागलुङ जिल्ला खण्डित भएको विषयमा बुधबार बुर्तिबाङमा भएका अन्तरक्रियामा बोल्ने अधिकाशंवक्ताहरुले यस्तो माग गरेका हुन् ।उनीहरुले बागलुङ जिल्ला खण्डित भएकोमा आफुहरुको आपत्ति नभएको भन्दै बरु बुर्तिबाङ र आसपासको क्षेत्रलाई समेटेर छुट्टै जिल्ला बनाउनु पन उनीहरुको धारणा रहेको थियो ।
विगत लामो समयदेखि यस क्षेत्रका जनताहरु सेवा सुविधाबाट बन्चित हुदै आएको र जिल्लाको पहुँचसँग धेरै टाढा रहेका कारण अनेकौ उत्पीडन भोग्दै आएकाले राज्य पुनर्संरचनामा पश्चिम क्षेत्र विभाजन हुनु स्वागत योग्य भएको वक्ताहरुको भनाइ रहेको थियो । स्थानीय राजनीतिक दल र संघ संस्थाको तर्फबाट एक संयुक्त प्रेश वक्तव्य समेत जारी गरि अखण्ड क्षेत्र नं. ३ रहने गरि सिमा निर्धारण गरिनु पर्ने कुरा उल्लेख गरिएको छ । सिमाङ्कनका क्रममा स्पष्ट खाका नआएकाले कतै क्षेत्र नं. ३ का केही गाविस मात्र छुट्याइने खेल त गरिएको छैन भन्दै यदि त्यसो भएमा यस क्षेत्रवासीलाई कदापी मान्य नहुने संयुक्त प्रेश वक्तव्यमा उल्लेख रहेको छ ।
गत साउन २४ गते स्थानीयवासी र राजनीतिक दलहरुसँग कुनै सरसल्लाह र जानाकारी नै नगराई केन्द्र र जिल्लाको रिमोटको भरमा राजनीतिक अभिष्ट पूरा गर्ने उद्धेश्यले नेपाली काँग्रेसका केही व्यक्तिहरुले बुर्तिबाङ बजार बन्द गराएको आरोप लगाउँदै कार्यक्रममा केही वक्ताहरुले उक्त कार्यप्रति असहमत र आक्रोश समेत व्यक्त गरेका थिए । नेपाली काँग्रेसको पार्टी प्रतिनिधिको तर्फबाट आजको संयुक्त प्रेश वक्तव्यमा हस्ताक्षर गर्न असहमती जनाएको बताइएको छ । कार्यक्रममा नेकपा एमालेका जित बहादुर बोहरा, एनेकपा माओवादीका चन्द्रलाल अर्याल रेडियो परिवर्तनका अध्यक्ष लोकेन्द्र सुनार त्यसै गरि स्थानीय बुद्धिजीवी रितुवर्ण पौडेल, टंक पौडेल, हर्क बहादुर गुरुङ कृष्ण भट्टराई, चुनमान दर्जी, केशर छन्त्याल, कुवीर वि.क. गुन्ज बहादुर भण्डारी, दल बहादुर भण्डारी, यामु पौवी, लगायतले अन्तरक्रिया कार्यक्रममा आफ्नो विचार व्यक्त गर्नुर्भको थियो ।
कार्यक्रमको सन्चालन बुर्तिबाङ राइजिङ युवा क्लबका सचिव गोपाल महतले सन्चालन गर्नुभएको थियो ।