अप्रेसन गर्दा पेटमै पाइप छाडियो
चितवन, २९ साउन– चिकित्सकले चरम लापरबाही गरी पत्थरीको अप्रेसनका क्रममा बिरामीको पेटभित्र दुईवटा पाइप छाडेका छन् ।
दुख्न नछाडेपछि बिरामीले पटक –पटक धाउँदा समेत शल्यक्रिया गर्ने चिकित्सक र उपचार गराएको अस्पतालले वास्ता नगरेकोले अन्तै भिडियो एक्सरे गराउँदा पेटभित्र पाइप देखिएपछि चरम लापरवाहीको खुलासा भएको हो । भरतपुर उपमहानगरपालिका १८ विजयनगरीकी ४० वर्षीया गोमा भण्डारीले मिर्गौलामा पत्थरी भएपछि नारायण सामुदायिक अस्पतालमा शल्यक्रिया गराएकी थिइन् । अप्रेसन डा. ज्ञान पोखरेलले गरेका थिए ।
–कान्तिपुर दैनिकबाट