गृहपृष्ठ » देवदह विशेष, मनोरञ्जन, मुख्य समाचार, समचार, स्वास्थ्यमर्सका सङ्क्रमित भेटिएनन्

मर्सका सङ्क्रमित भेटिएनन्

August 14, 2015६७७ पटक

south-korea-mers-airportसोल, २९ साउन । दक्षिण कोरियाले गएको तीन हप्तादेखि प्राणघातक रोग मिडल इष्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) का किटाणु नभेटिएको जानकारी दिएको छ ।

बिहीबार दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले सो जानकारी दिएका हुन् । यसअघि नै दक्षिण कोरियाले उक्त सङ्क्रमणको अन्त्यको घोषणा गरेको थियो ।

सो देशले यसको प्रकोप अब देशभित्र नरहेको जानकारी गराएको तीन हप्तासम्म गरिएको निगरानीका क्रममा यसको सङ्क्रमणका बिरामी कुनै पनि अस्पतालमा नआएको जानकारी उनीहरुले दिएका हुन् ।

सो सङ्क्रमणबाट दक्षिण कोरियामा कम्तीमा पनि ३६ जनाको ज्यान गएको थियो । यस सङ्क्रमणले दक्षिण कोरियामा आर्थिक क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको थियो ।

यस सङ्क्रमणले एसियाको चौथो ठूलो अर्थतन्त्रका रुपमा रहेको दक्षिण कोरियाको अर्थतन्त्रलाई नै शिथिल बनाइदिएको थियो ।

सबै कोरियाली नागरिकलाई आफ्ना सबै क्रियाकलापहरुलाई पुनः निरन्तरता दिन उनीहरुले आग्रह पनि गरेका छन् । मर्सका कारण कुनैपनि समस्या अब देशमा नरहेको उनीहरुको भनाई थियो ।
सबै विद्यालय, विश्वविद्यालयहरु पनि पुनः सञ्चालन गर्न अधिकारीहरुले आग्रह गरेका छन् । गत महिनासम्म उक्त रोगको प्रकोप रहेकोले यहाँका हजारौँ विद्यालय बन्द गरिएको थियो ।

यस प्रकोपका कारण सन् २०१५ का लागि प्रक्षेपण गरिएको आर्थिक विकासमा पनि कमी आएको पाइएको दक्षिण कोरियाको सरकारले जानकारी दिएको छ । रासस/एएफपी

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण