गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारबालबालिका र ज्येष्ठ नागरिक आन्दोलनमा

बालबालिका र ज्येष्ठ नागरिक आन्दोलनमा

August 15, 2015१९९ पटक

३०, साउन
राज्य पुनःसंरचना गर्दा सीमाङ्कन वैज्ञानिक र अव्यावहारिक भएको भन्दै विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका कारण जनजिवन प्रभावित भएको छ ।
आफुहरुको मागप्रति सरकारले बेवास्ता गरेको र कर्णालीवासीलाई दमन गर्न खोजेको भन्दै पछिल्ला दिनमा बालबालिका, महिला र ज्येष्ठ नागरिक पनि स्वतःस्फूर्त रुपमा आन्दोलनमा ओर्लिएका छन् ।
यस्तै प्रदेशको सिमाकनप्रति असन्तुष्टि जनाउदै गरिएको बन्दका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।
दैनिक उपभोग्य वस्तुको अभाव हुदै गएको छ भने अत्यावश्कीय कामले गन्तब्यमा जाने यात्रुको बिचल्ली भएको छ । अधिकांस जिल्लामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा ९ दिनयताको बन्दले सर्वसाधरणले सास्ती व्यहोर्नुपरेको छ । बन्द प्रभावित जिल्लाका बासिन्दाले इन्धनको आपुर्ति सहज बनाउन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन् । थरुहट–थारुवान संयुक्त मुल समारोह समितीले भोली बर्दियाको गुलरियामा आम सभा गर्ने जनाएको छ ।
यस्तै
सुर्खेतमा आज छैठौ दिन पनि बन्दको प्रभाव परेको छ । सवारी साधन चलेका छैनन भने बजार, पसल ठप्प छन । आन्दोलन केही शान्तिपूर्ण भएपनि बन्दका कारण जनजिवन प्रभावित बनेको छ । अखण्ड मध्यपश्चिम सहित सुर्खेतलाई प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै आन्दोलन चर्किएको थियो ।
उता
सल्यानमा लगातार ५ दिनदेखिको बन्दले सल्यानको जनजीवन पनि कष्टकर बनेको छ । लगातार बन्द हुदा जनजीवन कष्टकर भएपछि भैरहवामा स्थानीय युवाहरु स्वस्फूर्तस् बन्दको प्रतिकारमा उत्रिएका छन् । मोटरसाईक ¥यालीसहित बन्द खुलाउन आव्हान गर्दै युवाहरु बन्दको विरोधमा उत्रिएपछि बजार पसल छिटफुट खुल्न थालेका छन् ।
यसैबीच, थरुहटका कार्यकर्ताले कैलालीको चौमालामा ट्रकमा आगजनी गरेका छन् ।
वीरगञ्जबाट महेन्द्रनगरका लागि कुखुराको दाना बोकेर गएको ना ४ ख ८४ ८८ नम्वरको ट्रकमा आज विहान जिल्लाको चौमला–७ स्थित कालिका सामुदायीक बन नजिकै आगजनी गरिएको हो ।
ट्रकको ईन्जिन भएको अगाडीको भाग पुर्ण रुपमा जलेको ईलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ । ट्रकमा ल्याईदै गरेको कुखुराको दाना पनि जलेको छ ।
चालक गणेश बहादुर मल्लले ६÷७ वटा मोटरसाईकलमा आएका चौधरी समुदायका ब्यक्तिले बन्दमा किन गाडी चलाएको भन्दै आगजनी गरेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण